२०८२ चैत २९, आइतबार
८:०२:५८ राति
- ADVERTISEMENT -

काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकार इतिहास मेटाउन सक्रिय रहेको आरोप

प्रकाशित मिति: २०७५ माघ १३, आइतबार

1252
Shares

काठमाडौं, १३, माघ २०७५ । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकार इतिहास मेटाउन सक्रिय रहेको आरोप लगाएका छन् । काङ्ग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको स्मृतिमा स्थापना भएको ‘जीपी कोइराला फाउण्डेशन ललितपुर शाखाको उद्घाटन तथा फोटो प्रदर्शन’ कार्यक्रममा उनले देशमा परिवर्तन ल्याउन गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको ठूलो भूमिका रहेको तर उहाँहरूकै इतिहास मेटाउन सरकार लागेको छ, यसका विरुद्ध काङ्ग्रेस आन्दोलनमा उत्रने बताए ।

नेता पौडेलले जहाज खरीद, एनसेल कर छलीलगायत विकास निर्माणमा भएका भ्रष्टाचारमा वर्तमान सरकारले सङ्लग्नता रहेको भन्दै त्यसविरुद्ध आन्दोलन गर्ने उदघोष गरे ।

कार्यक्रममा काङ्ग्रेस नेता एवं पूर्वअर्थमन्त्री डा. रामशरण महतले वर्तमान सरकारले अर्थतन्त्रलाई बर्बादीतर्फ धकेलेको आरोप लगाए । देशमा राजश्व सङ्कलनदेखि विकासको गति सुस्त हुन पुगेको औंल्याउँदै उनले यो देशका लागि खतरा भएको चेतावनी दिए ।

उता चितवनमा आयोजित एक कार्यक्रममा काङ्ग्रेसका नेता गगनकुमार थापाले काङ्ग्रेसमा आत्मसमीक्षा गर्दै आत्मविश्वास बढाउन आवश्यक रहेको बताएका छन् । नेपाली काङ्ग्रेस माडी नगर समितिले शनिबार माडीमा आयोजना गरेको नगरस्तरीय कार्यकर्ता भेला तथा सम्मान कार्यक्रममा थापाले पार्टी बलियो बनाउन लाग्नुपर्ने समय आएको धारणा राखे ।

निर्वाचनमा भएका तिक्तता हटाउँदै पार्टीलाई बलियो बनाएर लैजानु अहिलेको आवश्यकता रहेको उनको भनाइ थियो । यतिबेला काङ्ग्रेस सङ्कटमा परेको भन्दै उनले सङ्कटका समयमा आत्मविश्वास बढाएर अघि बढ्नुपर्ने उल्लेख गरे ।

नेपाली काङ्ग्रेस सङ्कटमा पर्दा सधैँ मुलुक पनि सङ्कटमा पर्ने गरेको भन्दै उनले यो सङ्कटबाट उठाउने जिम्मेवारी पनि काङ्ग्रेसकै काँधमा रहेको बताए । संसदबाट चिकित्सा विधेयक पास गर्दै गर्दा सत्तापक्ष मेडिकल माफियाको चङ्गुलमा फसेर गोविन्द केसी र विपक्षीलाई बेवास्ता गरेको उनको भनाइ थियो ।

नेपाली काङ्ग्रेस माडी नगर समितिका सभापति कमलनाथ भुसालको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा ३४ जना प्रजातन्त्रका सेनानीलाई सम्मान गरिएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.07
148.67
EUR
European Euro
1
173.44
174.14
GBP
UK Pound Sterling
1
199.01
199.82
CHF
Swiss Franc
1
187.61
188.37
AUD
Australian Dollar
1
104.69
105.11
CAD
Canadian Dollar
1
107.03
107.46
SGD
Singapore Dollar
1
116.22
116.69
JPY
Japanese Yen
10
9.30
9.34
CNY
Chinese Yuan
1
21.68
21.77
SAR
Saudi Arabian Riyal
1
39.46
39.62
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.61
4.63
AED
UAE Dirham
1
40.31
40.47
MYR
Malaysian Ringgit
1
37.34
37.50
KRW
South Korean Won
100
9.98
10.02
SEK
Swedish Kroner
1
15.99
16.05
DKK
Danish Kroner
1
23.21
23.30
HKD
Hong Kong Dollar
1
18.90
18.98
KWD
Kuwaity Dinar
1
483.10
485.06
BHD
Bahrain Dinar
1
392.65
394.25
OMR
Omani Rial
1
384.60
386.16