काठमाडौं, १३ माघ २०७५ ।स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र काठमाडौंका विद्यार्थीहरूले समारोहमा देशभक्ति गीतहरू प्रस्तुत गरेका थिए भने त्यसपश्चात नेपाली सेना ब्यान्डद्वारा मधुर प्रस्तुति दिइएको थियो ।

उक्त दिवसको अवसरमा राजदूतद्वारा दुई वीर नारी, नौ एकल महिला र तीन मृतक सैनिकको निकटतम नातेदारलाई ७ करोड २६ लाख नगद तथा कम्मल वितरण गरी सम्मान पनि गरिएको थियो । भू.पू. सैनिकलाई सहयोग गर्ने प्रतिबद्धता दोहोऱ्याउँदै दूतावासले भू.पू.–२०१८ पत्रिकाको विमोचन गरेको छ । सो पत्रिकामा भारत सरकारद्वारा भारतीय सेनामा कार्यरत नेपाली भू.पू. सैनिकका लागि गरिएका कल्याणकाणी पहलबारे चर्चा गरिएको छ ।

उक्त दिवसको अवसरमा राजदूत पुरीले नेपालका विभिन्न जिल्लाका अस्पताल, गैरनाफामुलक संस्था तथा शैक्षिक संस्थाहरुलाई ३० वटा एम्बुलेन्स तथा ६ वटा बसको साँचो प्रदान गर्नुभयो । सन् १९९४ यता भारत सरकारले स्वास्थ्य सेवा तथा शैक्षिक सेवामा पहुँच विस्तार गर्न नेपालका विभिन्न संस्थाहरूलाई ७२२ एम्बुलेन्स र १४२ बस प्रदान गरिसकेको जानकारी दिइएको छ ।

राजदूतावासले नेपालका दुर्गम भेगका विद्यार्थीका लागि शैक्षिक सामग्रीमा पहुँच बढाउनका निमित्त नेपालका ५४ शैक्षिक संस्था तथा पुस्तकालयहरुलाई पाठ्यपुस्तक अनुदान स्वरूप प्रदान गर्ने घोषणा पनि गरेको छ ।

२६ जनवरीकै दिन राजदूत पुरीले इण्डिया हाउसमा स्वागत समारोहको आयोजना गर्नुभयो । नेपालका उपराष्ट्रपति नन्दबहादुर पुनले सो समारोहको मुख्य आतिथ्यता ग्रहण गरेका थिए ।

समारोहमा भारत–नेपाल कुटनीतिक सम्बन्धको ७ दशक पुगेको अवसरमा नेपालका उपराष्ट्रपति तथा राजदूतले संयुक्त रुपमा ‘भारत र नेपाल–कुटनीतिक सम्बन्धको ७० वर्ष’ नामक पुस्तकको विमोचन गर्नुभयो ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्