- ADVERTISEMENT -

बाराका प्रमुख जिल्ला अधिकारी चढेको गाडी दुर्घटना, सशस्त्रका एसपी पोखरेलको घटनास्थलमै मृत्यु

January 27, 2019
1213
Shares
- ADVERTISEMENT -

सिमरा, १३ माघ २०७५ । बाराका सुरक्षा अधिकारी चढेको स्कार्पियो जीप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा सशस्त्र प्रहरी बलको १२ नम्बर गण, बारामा कार्यरत प्रहरी उपरीक्षक (एसपी) बलराम पोखरेल छन् ।

दुर्घटनामा बाराका प्रमुख जिल्ला अधिकारी गणेश भट्टराईसहित अन्य ३ जना घाइते भएका छन् । घाइते हुनेहरुमा सशस्त्र प्रहरीका हवल्दार सञ्जयकुमार यादव, शम्भु गुरुङ र चालक जगत पटेल छन् ।

- ADVERTISEMENT -

Advertisement

घाइते मध्ये बाराका प्रमुख जिल्ला अधिकारीको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।

कर्मचारी मिलन केन्द्र बाराले निजगढस्थित शहीद हिरालाल पार्कमा आयोजना गरेको वनभोज कार्यक्रमबाट फर्किएको जिप पथलैया–निजगढ सडकखण्डको पसाहा पुल नजिक दुर्घटना भएको थियो ।

बाराका प्रमुख जिल्ला अधिकारीले चढ्ने गरेको ना १ झ १६३३ नम्बरको स्कार्पियो जीप सडकमा रोकी राखेको ट्याक्टरको टेलरसँग ठोक्किएको सशस्त्र प्रहरी बल बाराले जनाएको छ ।

दुर्घटनामा ज्यान गुमाएका एसपी पोखरेलको शव अल्पाइन अस्पताल सिमरामा राखिएको छ भने प्रजिअ भट्टराईलाई भने उपचारका लािग हेलिकोप्टरमार्फत काठमाडौं पठाउने तयारी छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -