Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:१७:३९ बिहान
- ADVERTISEMENT -

बूढीगण्डकी जलाशय जलविद्युत आयोजना क्षेत्रमा अझैसम्म ५ हजार रोपनी जग्गाको मुआब्जा निर्धारण हुन सकेन

प्रकाशित मिति: २०७५ माघ १२, शनिबार

1400
Shares

गोर्खा,१२ माघ २०७५ । गोरखा र धादिङमा निर्माण हुने भनिएको १२ सय मेगावाटको बूढीगण्डकी जलाशय जलविद्युत आयोजना क्षेत्रमा अझैसम्म ५ हजार रोपनी जग्गाको मुआब्जा निर्धारण हुन सकेको छैन । आयोजना निर्माणसम्बन्धी अन्योल, अधिग्रहणमा ढिलाई र प्रमुख जिल्ला अधिकारी पटक–पटक सरुवाका कारण मुआब्जामा समस्या देखिएको हो ।

गोरखातर्फ ३ हजार ३ सय र धादिङतर्फ २ हजार रोपनी बजार क्षेत्रको जग्गाको मुआब्जा निर्धारण भएको छैन । यसअघि बूढीगण्डकी विकास समितिले आयोजनाको काम गर्दै आए पनि अहिले सबै काम ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयबाटै भइरहेको छ ।

मन्त्रालयमा आयोजना हेर्ने एउटा इकाई राखेर काम गरिएको छ । इकाईले लक्ष्य र योजना अनुसार काम नगरेको देखिन्छ । आयोजना कहिले स्वदेशी आफैंले निर्माण गर्ने र कहिले विदेशीलाई दिने अन्योलका कारण पनि मुआब्जा निर्धारण, वितरण र जग्गा अधिग्रहणमा ढिलाई हुँदै आएको छ । पछिल्लो समय सरकारले चीनको चाइना गेजुबा ग्रुप कम्पनी (सिजिजिसी) लाई निर्माण गर्न दिने समझदारी गरेको छ ।

गोरखातर्फ आरुघाट र आर्खेत क्षेत्र तथा धादिङतर्फ आरुघाट र खहरे बजार क्षेत्रको मुआब्जा निर्धारण नभएको मन्त्रालय सहसचिव दीलिपकुमार सडौलाले बताए । उनका अनुसार अधिग्रहण गर्नुपर्ने जग्गा ११ भागमा बाँडेर मूल्य निर्धारण गरिएको छ । तर, एक वर्षको अवधिमा एउटै खालको जग्गाको फरक–फरक मूल्य राखिएको भन्दै स्थानीयले आपत्ति जनाएका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -