काठमाडौं, माघ ११ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सरकार मुठभेडको दिशामा अगाडि बढेको आरोप लगाएको छ ।

शुक्रबार साँझ राप्रपाका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले एक विज्ञप्ति जारी गर्दै प्रतिनिधिसभाको बैठकमा प्रतिपक्षी दलको विरोधका बाबजुत सरकारका तर्फबाट जबरजस्ती ढंगले चिकित्सा शिक्षा विधेयक पेश गर्ने कार्यले मुलुक मुठभेडको दिशामा अघि बढने अवस्थाको सिर्जना भएकोमा चिन्ता व्यक्त गरेको छ ।

साथै राप्रपाले गणितीय शक्तिका आधारमा प्रतिपक्षको आवाजलाई निषेध गरिनु संसदीय प्रजातन्त्रको मर्यादा विपरित भएको समेत ठहर गरेको छ ।

विज्ञप्ति यस्तो छ

‘प्रतिनिधिसभाको बैठकमा प्रतिपक्षी दलको विरोधका बाबजुत सरकारका तर्फबाट जबरजस्ती ढंगले चिकित्सा शिक्षा विधेयक पेश गर्ने कार्यले मुलुक मुठभेडको दिशामा अघि बढने अवस्थाको सिर्जना भएकोमा राप्रपा चिन्ता व्यक्त गर्दछ । गणितीय शक्तिका आधारमा प्रतिपक्षको आवाजलाई निषेध गरिनु संसदीय प्रजातन्त्रको मर्यादा विपरित हो ।’

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्