२०८३ वैशाख ८, मंगलबार
५:००:५२ बेलुका
- ADVERTISEMENT -

भेनेजुयलामाथि हस्तक्षेपको निन्दा

प्रकाशित मिति: २०७५ माघ १२, शनिबार

923
Shares

काठमाडौंँ, माघ १२ गते । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भेनेजुयला र त्यहाँका जनतामाथि भएको अमेरिका र पक्ष राष्ट्रहरूको हस्तक्षेपको निन्दा गर्नुभएको छ ।

पार्टीकातर्फबाट शुक्रबार एक विज्ञप्ति जारी गर्नुहुँदै अध्यक्ष प्रचण्डले यस्तो निन्दा गर्नुभएको हो भेनेजुयलाका राष्ट्रपति निकोलस मडुरो लोकतान्त्रिक तरिकाले राष्ट्रपतिमा निर्वाचित हुनुभएको स्पष्ट गर्दै उहाँको पक्षमा ऐक्यवद्धता जनाउन पनि विश्व समुदायलाई आग्रह गर्नुभएको छ ।

भेनेजुयला र त्यहाँका नागरिकको आन्तरिक मामिलामा हस्तक्षेप गरी शान्ति, सार्वभौमिकता र त्यहाँको लोकतन्त्रलाई चुनौती दिने काम भएको भन्दै त्यसो नगर्न पनि उहाँले आग्रह गर्नुभएको छ । अध्यक्ष प्रचण्डद्वारा जारी विज्ञप्तिमा भन्नुभएको छ, “जुवान गुआइडोले कार्यबाहक राष्ट्रपतिमा स्वघोषणा गर्नु र त्यसको अमेरिका लगायतका राष्ट्रले तत्काल समर्थन गर्नु भनेको लोकतान्त्रिक ढङ्गले निर्वाचित भेनेजुयलाका राष्ट्रपति र त्यहाँका नागरिकका विरुद्धमा ‘ग्रान्ड डिजाइन’ भएको प्रष्ट भएको छ ।”

अमेरिकासहितका पक्ष राष्ट्रहरूले भेनजुयलामाथि गरेको हस्तक्षेपलाई अध्यक्ष प्रचण्डले ‘साम्राज्यवादी ‘कु’ को संज्ञा दिनुभएको छ । त्यस्ता गतिविधि संयुक्त राष्ट्रसङ्घको वडापत्र र शान्तिपूर्ण सहअस्तित्वमा गम्भीर खालको चुनौती भएको उहाँले चर्चा गर्नुभएको छ ।

जारी वक्तव्यमा भनिएको छ, “अमेरिकाले भेनेजुयलामाथि पछिल्लो दशकदेखि अमानवीय आर्थिक नाकाबन्दी, अराजकता र हिंसाको अवस्था सिर्जना गर्न सैनिक हस्तक्षेपको प्रयास गरिरहेको छ ।” अध्यक्ष प्रचण्डले अमेरिकासहित पक्ष राष्ट्रहरूलाई अहस्तक्षेपकारी सिद्धान्तको परिपालना, सार्वभौमिकता र शान्तिपूर्ण सहअस्तित्व कायम गर्न आग्रह गर्नुभएको छ ।

संयुक्त राष्ट्रसङघ, सबै सार्वभौम अन्तर्राष्ट्रिय राष्ट्रलाई अध्यक्ष प्रचण्डले भेनेजुयला र त्यहाँको नागरिकको पक्षमा उभिन आग्रह समेत गर्नुभएको छ ।

भेनेजुयलामा २०१८ मे महिनामा भएको निर्वाचनबाट राष्ट्रपतिमा मडुरो पुनः निर्वाचित हुनुभएको थियो । उहाँले दोस्रो कार्यकालका लागि हालै पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.71
149.31
EUR
European Euro
1
175.08
175.78
GBP
UK Pound Sterling
1
201.08
201.89
CHF
Swiss Franc
1
190.39
191.15
AUD
Australian Dollar
1
106.45
106.88
CAD
Canadian Dollar
1
108.65
109.09
SGD
Singapore Dollar
1
117.00
117.47
JPY
Japanese Yen
10
9.36
9.40
CNY
Chinese Yuan
1
21.81
21.90
SAR
Saudi Arabian Riyal
1
39.65
39.81
QAR
Qatari Riyal
1
40.80
40.96
THB
Thai Baht
1
4.63
4.65
AED
UAE Dirham
1
40.49
40.65
MYR
Malaysian Ringgit
1
37.62
37.78
KRW
South Korean Won
100
10.11
10.15
SEK
Swedish Kroner
1
16.25
16.32
DKK
Danish Kroner
1
23.43
23.52
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
485.43
487.38
BHD
Bahrain Dinar
1
394.30
395.89
OMR
Omani Rial
1
386.25
387.81