- ADVERTISEMENT -

आज पनि नेपाली कांग्रेसद्वारा संसद अवरुद्ध

January 25, 2019
1001
Shares
- ADVERTISEMENT -

११ माघ, काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले संसद अवरुद्ध गरेको छ । आफ्ना नेताद्धय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा खुलेको अपस्ताललाई खारेज गर्न खोजेको भन्दै कांग्रेसले संसद बैठक अवरुद्ध पार्दै आएको छ ।

शुक्रबारको बैठक सुरु हुनासाथ कांग्रेस सांसदहरु उठेपछि सभामुखले सचेतक पुष्पा भुसाललाई समय दिइन् । उनले सरकारको निर्णय सच्याउनु पर्ने बताइन् ।

- ADVERTISEMENT -

Advertisement

दुई तिहाईको बलमा संसद चलाउन नसक्ने भन्दै उनले डा. गोविन्द केसीसँग भएको सहमति कार्यान्वयन गर्नुपर्ने बताइन् । मन्त्री स्वयंमले सहमतिअनुसार विधेयक आउँछ भनेर प्रतिवद्धता गरेको स्मरण गराउँदै उनले भनिन्, संसदको सम्पत्ति भइरहेको विषयमा इमान्दारिता हुनुपर्छ । भएन भने प्रमुख प्रतिपक्षी दलले त्यसको निगरानी त गर्नै पर्‍यो नि सभामुख महोदय ।’

सांसद भुसाल बोले लगतै कांग्रेस सांसदहरुले रोष्टम घेराउ गरेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -