२०८२ चैत २९, आइतबार
७:०५:४० बेलुका
- ADVERTISEMENT -

काङ्ग्रेसद्वारा कोइरालाद्वयका नामका अस्पताल सुरक्षित गर्न माग

प्रकाशित मिति: २०७५ माघ ११, शुक्रबार

792
Shares

काठमाडौँ, ११ माघ २०७५ । नेपाली काङ्ग्रेसले तनहुँको जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र र बाँकेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताललाई सङ्घीय सरकारअन्तर्गत राखी दुवै संस्थाको भविष्य सुरक्षित गर्न सरकारसँग माग गरेको छ ।

काङ्ग्रेस केन्द्रीय कार्यसमितिको सम्पन्न बैठकले सरकारले पूर्वप्रधानमन्त्री कोइरालाद्वयका नाममा खुलेका दुवै स्वास्थ्य संस्थालाई विघटनको सङ्घारमा पु¥याएको आरोप लगाएको छ । बैठकले सरकारको सो कार्यप्रति आपत्ति प्रकट गर्दै तत्काल निर्णय सच्याउन माग गरेको छ ।

विकास समिति (गठन) आदेशबाट गठन भई क्रियाशील ११ स्वास्थ्य संस्थालाई सङ्घ (केन्द्र) अन्तर्गत राख्ने प्रस्ताव स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट मन्त्रिपरिषद्मा पेश हुँदा सरकारले कोइरालाद्वयका नाममा खुलेका उक्त दुवै अस्पताललाई मात्र हटाएर बाँकी नौ वटालाई सङ्घअन्तर्गत रहने गरी निर्णय गरेको काङ्ग्रेसले जनाएको छ ।

पार्टी सभापति शेरबहादुर देउवाको सभापतित्वमा भएको बैठकले अनशनरत डा गोविन्द केसीसँग यसअघि भएका सहमति पालना नगरी राष्ट्रिय चिकित्सा शिक्षा विधेयक संसद्बाट पारित गर्न सत्तापक्ष उद्यत् रहेको आरोप लगाएको छ । अनशनरत डा केसी आमजनताको स्वास्थ्यको हकका लागि अनवरत सङ्घर्षरत रहेको जनाउँदै उहाँको जीवनरक्षाका विषयमा गम्भीर बन्न सरकारको ध्यानाकर्षण गरेको छ ।

काङ्ग्रेसले प्रमुख प्रतिपक्षी दलका नेता देउवाको उपस्थिति बेगर संवैधानिक परिषद्को बैठक राखिएको र नियुक्तिका केही निर्णय गरिएको विषयलाई गम्भीरतापूर्वक लिएको बैठकपछि निर्णय सार्वजनिक गर्न जारी विज्ञप्तिमा उल्लेख छ । पार्टीले कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा संलग्न अपराधी हालसम्म पत्ता लगाउन नसक्नु लज्जाको विषय भएको भन्दै घटनाको अविलम्ब सत्यतथ्य छानविन गरी, अपराधी पत्ता लगाइ कडा कानूनी कारवाही गर्न पुनःमाग गरेको छ ।

बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्री पूर्णबहादुर खड्का, केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौला, महेश आचार्य, बालकृष्ण खाँण, दीलेन्द्रप्रसाद बडू, डा शेखर कोइराला, जीवनबहादुर शाही, शङ्कर भण्डारी, गगनकुमार थापा, देवेन्द्रराज कँडेल र रमेश लेखकले आआफ्नो धारणा राख्नुभएको थियो । केन्द्रीय कार्यसमितिको अर्को बैठक यही माघ १३ गते पुनःबस्ने प्रवक्ता विश्वप्रकाश शर्माले बताउनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.07
148.67
EUR
European Euro
1
173.44
174.14
GBP
UK Pound Sterling
1
199.01
199.82
CHF
Swiss Franc
1
187.61
188.37
AUD
Australian Dollar
1
104.69
105.11
CAD
Canadian Dollar
1
107.03
107.46
SGD
Singapore Dollar
1
116.22
116.69
JPY
Japanese Yen
10
9.30
9.34
CNY
Chinese Yuan
1
21.68
21.77
SAR
Saudi Arabian Riyal
1
39.46
39.62
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.61
4.63
AED
UAE Dirham
1
40.31
40.47
MYR
Malaysian Ringgit
1
37.34
37.50
KRW
South Korean Won
100
9.98
10.02
SEK
Swedish Kroner
1
15.99
16.05
DKK
Danish Kroner
1
23.21
23.30
HKD
Hong Kong Dollar
1
18.90
18.98
KWD
Kuwaity Dinar
1
483.10
485.06
BHD
Bahrain Dinar
1
392.65
394.25
OMR
Omani Rial
1
384.60
386.16