२०८२ चैत २९, आइतबार
७:०२:०४ बेलुका
- ADVERTISEMENT -

शुक्रबारको संसदमा चिकित्सा विधेयकको मात्रै कार्यसूची

प्रकाशित मिति: २०७५ माघ ११, शुक्रबार

944
Shares

काठमाडौं, ११ माघ २०७५ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आपत्ति जनाउँदै संसद् अवरुद्ध गर्दै आएको चिकित्सा शिक्षा विधेयकले शुक्रबारको संसदमा पनि स्थान पाएको छ । शुक्रबारको संसद्मा संसद सचिवालयले चिकित्सा शिक्षा विधेयकको मात्रै कार्यसूची रहेको जनाएको छ ।

दुईदिनसम्म काँग्रेसको अवरोधका कारण चल्न नसकेको संसद्मा मंगलबार सभामुख कृष्णबहादुर महराले जवर्जस्ती विधेयक पेश गर्न समय दिएपछि रोष्ट्रम घेरेर बसेका काँग्रेस सांसद र मर्यादापालकहरुबीच केहीबेर घम्साघम्सी समेत भएको थियो ।

दुई पटकसम्म स्थगित भएको संसदमा तेस्रो पटकको बैठकका लागि आसनमा जान लागेका सभामुख कृष्णबहादुर महरालाई रोष्ट्रममा जानै नदिएपछि बैठक शुक्रबार दिउँसो १ बजेसम्मको लागि स्थगित भएको थियो ।

संघीय संसदका महासचिव मनोहरप्रसाद भट्टराईले जारी गरेको सूचना अनुसार शुक्रबारको संसद बैठकमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले शिक्षा तथा स्वास्थ्य समितिको प्रतिवेदन सहितको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५माथि छलफल गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची राखिएको छ ।

त्यस लगत्तै मन्त्री पोखरेलले नै सो विधेयकलाई पारित गरियोस् भन्ने प्रस्ताव समेत राख्ने कार्यतालिका रहेको संसद सचिवालयले जनाएको छ । यसरी प्रतिपक्षीको संसद अवरोधका बाबजुत पनि यो विधेयक कार्यसूचीमा रहेपछि शुक्रबारको संसद सामान्य रुपमा चल्नेमा आशंका उब्जिएको छ ।

यही विषयमा संसदमा कसरी प्रस्तुत हुने भन्नेबारे काँग्रेसले बिहीबार मात्रै केन्द्रीय समितिमा छलफल गर्दैछ । यसले काँग्रेस पनि संसदमा रणनीतिक रुपमा अघि बढ्ने आशंका गरिएको छ । बिहीबार महासमिति बैठकपछि पहिलो पटक बस्न लागेको केन्द्रीय कार्यसमितिको बैठकमा संसदीय गतिरोधसँगै नेविसंघको विषय र पार्टी विधानको विषयमा समेत छलफलमा प्रवेश गरिने पार्टी सहमहामन्त्री प्रकाशशरण महतले जानकारी दिए । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य र आमन्त्रित सदस्य पनि उपस्थित हुनेछन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.07
148.67
EUR
European Euro
1
173.44
174.14
GBP
UK Pound Sterling
1
199.01
199.82
CHF
Swiss Franc
1
187.61
188.37
AUD
Australian Dollar
1
104.69
105.11
CAD
Canadian Dollar
1
107.03
107.46
SGD
Singapore Dollar
1
116.22
116.69
JPY
Japanese Yen
10
9.30
9.34
CNY
Chinese Yuan
1
21.68
21.77
SAR
Saudi Arabian Riyal
1
39.46
39.62
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.61
4.63
AED
UAE Dirham
1
40.31
40.47
MYR
Malaysian Ringgit
1
37.34
37.50
KRW
South Korean Won
100
9.98
10.02
SEK
Swedish Kroner
1
15.99
16.05
DKK
Danish Kroner
1
23.21
23.30
HKD
Hong Kong Dollar
1
18.90
18.98
KWD
Kuwaity Dinar
1
483.10
485.06
BHD
Bahrain Dinar
1
392.65
394.25
OMR
Omani Rial
1
384.60
386.16