२०८२ चैत २९, आइतबार
७:१४:२१ बेलुका
- ADVERTISEMENT -

“सभामुखको कारण संसदमा भोली मुठभेड पनि हुन सक्छ”: गगन थापा

प्रकाशित मिति: २०७५ माघ १०, बिहीबार

1005
Shares

काठमाडौँ, १० माघ २०७५ । पछिल्लो समय नेपाली कांग्रेसले सभामुख कृष्ण प्रसाद महराको भुमिकालाई लिएर चर्काे आलोचना गर्दे आईरहेको छ । सभामुख एउटै दलको मात्र जस्तो देखिएको भन्दै कांग्रेसले महरामाथि प्रश्न चिन्ह नै उठाएको छ ।

यसैबीच नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाले सभामुखको पदमा आसिन भैसकेपछि दलमा आवद्धता रहनुहुन्न भन्ने विश्वास हुन्छ तर यतिबेला आफुहरुले त्यस्तो महसुस गर्न नसकेको बताएका छन् । बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै थापाले ‘सदनमा सभामुखको भूमिका न्यायपूर्ण र विवेकपूर्ण हुन्छ भन्ने कुराको अपेक्षा रहन्छ ।

सभामुख सदनमा आउनुपुर्व वा सभामुख हुनु पहिला कुनै दलसँग आवद्ध रहने हो, तर सभामुखको पदमा आसिन भैसकेपछि उहाँको दलमा आवद्धता रहनुहुन्न । र रहँदैन भन्ने कुरालाई सँधैभरि हामीले अपेक्षा गर्दछौं । तर, दुःखका साथ भन्नुपर्छ सम्मानीय सभामुखको भुमिकाबाट हामीले यो कुरालाई महशुस गर्न पाईरहेका छैनौं ।’चिकित्सा शिक्षा विद्येयकको लागि सभामुख महराको संसदभित्रको भुमिकाप्रति आक्रोसित भएका थापाले सम्पूर्ण रुपमा एक खालको रुझान राखेर, जुन खालको भूमिका निर्वाह गरिएको महराको भुमिका आफुहरुलाई स्वीकार्य नभएको बताए । उनले भने “यहाँबाट फद्वा जारी राख्नुभएको छ । यस्तो–यस्तो हुन्छ भनेर” ।

“के व्यवस्थापिका–संसदको सभामुख कुनै अमुक पार्टीको अमुक कार्यकर्ता हो रु पार्टीको निर्देशनबाट, बाहिर खुल्लामञ्चबाट, खुल्ला ठाउँबाट योभन्दा मानमर्दन केही हुन्छ रु यहाँ संसदभित्र प्रतिपक्षले प्रतिरोध गर्दै गर्दाखेरि बोलेका कुराहरु र उठाएका विषयहरुले सदनको मानमर्दन भयो भनेर भनिएको छ। त्यो सदनको मानमर्दन हुने, अनि खुल्लामञ्च, चोक चौताराबाट भोलि सदन यसरी चल्छ, सदन चलाउने कसले हो ?पार्टीले हो ? सदन चलाउने सरकारले हो रु के सदन चलाउने सभामुखले हो ?”

“सभामुखले भोलि यसो यसो गर्नुहुन्छ ? मैले आदेश दिईसकें । हाम्रो आदेश गैसक्यो भन्ने ढंगबाट आदेश दिईन्छ अनि भोलि सभामुख त्यसलाई टुलुटुलु हेरेर पालना गर्नुहुन्छ भने त्यो बेलामा नेपालको सदन, नेपालको संसदले सार्वभौम जनताको त्यो सार्वभौम भूमिका निर्वाह गर्न सकिरहेको छ त ? भन्ने प्रश्न उठ्छ ।” सांसदमा अस्ती भएको जस्तो अवस्था र दुर्भाग्यपूर्ण स्थिति नआओस भन्ने आफुहरुले पनि चाहेको बताउँदै उनलेसभामुख भूमिका तटस्थ र सरकार जिम्मेवार नभए भोलि बस्ने संसद बैठकमा मुठभेडपनि हुनसक्ने चेतावनी दिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.07
148.67
EUR
European Euro
1
173.44
174.14
GBP
UK Pound Sterling
1
199.01
199.82
CHF
Swiss Franc
1
187.61
188.37
AUD
Australian Dollar
1
104.69
105.11
CAD
Canadian Dollar
1
107.03
107.46
SGD
Singapore Dollar
1
116.22
116.69
JPY
Japanese Yen
10
9.30
9.34
CNY
Chinese Yuan
1
21.68
21.77
SAR
Saudi Arabian Riyal
1
39.46
39.62
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.61
4.63
AED
UAE Dirham
1
40.31
40.47
MYR
Malaysian Ringgit
1
37.34
37.50
KRW
South Korean Won
100
9.98
10.02
SEK
Swedish Kroner
1
15.99
16.05
DKK
Danish Kroner
1
23.21
23.30
HKD
Hong Kong Dollar
1
18.90
18.98
KWD
Kuwaity Dinar
1
483.10
485.06
BHD
Bahrain Dinar
1
392.65
394.25
OMR
Omani Rial
1
384.60
386.16