२०८३ वैशाख ६, आइतबार
११:०४:१२ राति
- ADVERTISEMENT -

कलाकार बन्न चाहनेलाई मदनकृष्ण श्रेष्ठको बहुआयामिक सुझाब

प्रकाशित मिति: २०७५ माघ १०, बिहीबार

808
Shares

काठमाडौँ, माघ १०

गोलढुङगा साहित्य परिषद् काठमाडौँद्धारा प्रकाशित ‘नवउद्घोष’ साहित्यिक त्रैमासिक पत्रिकाको ७औ वर्षको पहिलो अंकविमोचनभएको छ । बुधवार आयोजित एक कार्यक्रमबीच पत्रिकाको विमोचन गरिएको हो ।

वरिष्ठ हाँस्यकलाकार मदनकृष्ण श्रेष्ठले पत्रिकाको विमोचन गरेकाहुन् । विसं २०५१ सालमा स्थापनाभएको साहित्यिक परिषद्को स्थापना नै मनभित्रै रहेकाआफ्नो कलालाई साहित्यको माध्यमबाट सबैलाई जोडने प्रयासको रुपमालिईएको परिषदले जनाएको छ ।

पत्रिकाको सम्पादक प्रकाश घायलको सभापतित्वमा सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहेका कलाकार श्रेष्ठले साहित्यिक पत्रिका सार्वजनिक गरेकोमा परिषदलाई बधाई दिए ।
उनले भने,‘तपाईहरुले साहित्यिक क्षेत्रमा एउटा नयाँपाईला सुरु गर्नुभएको छ । साहित्यिकपत्रिका केहीअंकनिकाल्न सजिलै छ । तर, पछि त्यति सजिलो छैन । टिक्न गाह्रो छ । साहित्यिक सेवाभनेको सामाजिक सेवा पनि हो । मानिसको बौद्धिकता पाठकहरुमा बाँड्ने काम पनि हो । यो एक किसिमको बौद्धिक–सामाजिक सेवाहो ।’

त्यस्तै, उनले उक्त साहित्यिक पत्रिकाआगामी दिनमा पनि निरन्तर बाहिर ल्याउन शुभकामना दिए । उनले भने, ‘साहित्यिक पत्रिका निकाल्दा खेरि केही विषयमा केन्द्रित भएर निकाल्नु पर्छ ।’
उनले कलाकार बन्नको लागि पहिले साहित्यकार बन्नुपर्ने धारणा पनि राखे । श्रेष्ठले भने, ‘म पनि साहित्यकार भएरै कलाकार भएको हुँ ।’

पत्रिकालाई कसरी किन्न योग्य बनाउने भन्नेतिर सोच्नुपर्ने पनि सुझाए । आफु कलाकार बन्नुपूर्व नै साहित्यक विद्यामा प्रवेश गरिसकेको स्मरण गराए । उनले भने, ‘कुनै पनि साहित्यिक पत्रिका प्रकाशन गर्नुपूर्व आफ्ना पाठकहरुको चाहनालाई बुझेर र बजारको मागअनुसार प्रकाशन गर्नुपर्छ ।’
सम्पादक घायलले आफूहरुले आगामीदिनमा पाठकको चाहनाअनुसार नै साहित्यक रचनाहरु बाहिर ल्याउने प्रतिबद्धता जनाए । रचनाहरु पठाएर आफूहरुलाई सहयोग गर्नपनि घायलले आग्रह गरेका छन् ।

कार्यक्रममा पत्रकार तथा निर्देशक सानुकाजी थापा, संस्थाका आजिवन सदस्यद्धय गोविन्दबहादुर सिंह ठकुरी र विजय कार्कीलाई सम्मान गरिएको थियो ।

उक्त अवसरमा बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, विजय बजिमय, राजु धिताल, कृष्ण प्रधान, प्रतिष्ठानका अध्यक्ष रामकाजी प्रधान, लव गाउँले, रामप्रसाद पन्त, विजयध्वज थापा, ध्रुवराज खतिवडा, प्रकाश गफाडी, लब खड्कालगायतले आफ्ना साहित्यिक रचना वाचन गरेका थिए । पत्रिकाका सम्पादक देवेन्द्र अर्याल ‘आँशु’ले कार्यक्रम सञ्चालन गरेकाथिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.39
148.99
EUR
European Euro
1
175.06
175.76
GBP
UK Pound Sterling
1
200.75
201.56
CHF
Swiss Franc
1
189.65
190.41
AUD
Australian Dollar
1
106.40
106.83
CAD
Canadian Dollar
1
108.49
108.93
SGD
Singapore Dollar
1
116.62
117.09
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
21.75
21.84
SAR
Saudi Arabian Riyal
1
39.56
39.72
QAR
Qatari Riyal
1
40.70
40.86
THB
Thai Baht
1
4.63
4.65
AED
UAE Dirham
1
40.40
40.56
MYR
Malaysian Ringgit
1
37.54
37.70
KRW
South Korean Won
100
10.03
10.07
SEK
Swedish Kroner
1
16.18
16.25
DKK
Danish Kroner
1
23.42
23.52
HKD
Hong Kong Dollar
1
18.95
19.03
KWD
Kuwaity Dinar
1
484.62
486.58
BHD
Bahrain Dinar
1
393.53
395.12
OMR
Omani Rial
1
385.42
386.98