- ADVERTISEMENT -

नयाँ वानेश्वरमा नेविसंघ कार्यकर्ता र प्रहरीबीच झडप

January 22, 2019
840
Shares
- ADVERTISEMENT -

काठमाडौं, ०८ माघ २०७५ । नयाँ वानेश्वरमा नेविसंघ कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । गोविन्द केसीसँग गरिएको सहमति विपरित ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक’ पारित गराउन खोजेको भन्दै गरिएको प्रदर्शनमा नेविसंघ कार्यकर्ता र प्रहरीबीच झडप भएको हो । झडपमा नेविसंघका महामन्त्री कुन्दन काफ्लेसहित ३ जना घाइते भएका छन् ।

घाइते हुनेहरुमा नेविसंघ ३ नम्बर प्रदेश समितिको उपाध्यक्ष रामप्रसाद अधिकारी र मनिष सिंखडा घाइते भएको नेविसंघका केन्द्रीय सदस्य नवराज त्रिपाठीले जानकारी दिए । घाइतेहरुको नयाँ वानेश्वरस्थित एभरेष्टमा अस्पतालमा उपचार भैरहेको उनले बताए ।

- ADVERTISEMENT -

Advertisement

नेविसंघले दमनको विरोधमा बुधबार माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्ने तयारी गरेको समेत उनले बताए । नेविसंघ कार्यकर्ताहरु ट्रलीबस स्टेसन तर्फबाट संसद भवनको पूर्वी गेटतर्फ अघि बढेपछि झडपको स्थिति सिर्जना भएको हो ।

यस्तै आज बसेको प्रतिनिधिसभा बैठकमा सो विधेयक पारित गराउने प्रयास गरेपछि नेविसंघका कार्यकर्ताहरुले निषेधित क्षेत्र तोड्दै सरकारविरुद्ध प्रर्दशन गरेका हुन् । त्यसक्रममा उनीहरुले जिपी कोइराला श्वासप्रश्वास केन्द्र र सुशील कोइराल प्रखर क्यान्सर अस्पताल संघीय सरकारको मातहत ल्याउने निर्णय तत्काल गर्न माग गर्दै सरकारविरुद्ध चर्का नाराबाजी पनि गरेका थिए ।

यता, प्रहरीले निषेधित क्षेत्रमा प्रवेश गरेका नेविसंघका कार्यकर्तालाई लखेटेका थिए । काँग्रेसले सो दुई अस्पताल संघीय सरकारको मातहत ल्याउने निर्णय तत्काल गर्न दवाव दिँदै सोमबारबाट संसद बैठक अवरुद्ध पारिरहेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -