काठमाडौं, ८ माघ २०७५ । प्रतिनिधिसभाको आजको बैठक पनि अवरुद्ध भई स्थगन भएको छ । बैठक शुरु हुनेबित्तिकै सभामुख कृष्णबहादुर महराले समय दिएपछि प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका प्रकाशमान सिंहले सरकारले पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाका नाममा तनहुँमा स्थापित श्वासप्रश्वास केन्द्र र बाँकेमा स्थापित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल केन्द्रीय सरकारअन्तर्गत सञ्चालन हुने निर्णय भएको जानकारी संसदमा नआएसम्म बैठक चल्न नसक्ने बताए ।

उनले गोविन्द केसीसँग सरकारकाले गरेको सहमति कार्यान्वयन हुनुपर्नेमा जोड दिए । सांसद सिंहले आफ्ना विचार राखिसकेपछि सभामुख महराले बैठकको कारवाही अघि बढाउन लाग्दा कांग्रेस सांसदहरुले रोष्ट्रम घेराउ गरेका थिए ।

सोही क्रममा सांसदहरु गगन थापा, मीनेन्द्र रिजाल, अमरेशकुमार सिंह, लक्ष्मी गिरीलगायतले जोडदार ढंगमा आफ्ना एजेण्डा उठाएका थिए । होहल्ला बढेपछि सभामुख महराले १५ मिनेटका लागि बैठक स्थगन गरेका हुन ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्