२०८३ वैशाख ६, आइतबार
११:२६:०८ राति
- ADVERTISEMENT -

प्रतिनिधिसभा र राष्ट्रियसभा बैठक अवरुद्ध

प्रकाशित मिति: २०७५ माघ ७, सोमबार

941
Shares

काठमाडौं, माघ ७

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक अवरुद्ध पारेको छ ।

कांग्रेसका पूर्वसभापतिद्वय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा स्थापित अस्पतालहरु केन्द्र सरकार मातहत नराखेको विरोधमा कांग्रेसले दुवै सदनको बैठक अवरुद्ध गरेको हो । प्रतिनिधिसभा बैठकको सुरुमै कांग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले बोल्दै कांग्रेसका नेताहरुको नाममा रहेका अस्पताल राजनीतिक पूर्वाग्रह राखेर खारेज गर्न लागिएको आरोप लगाउनु भयो ।

संसद बैठकमा बोल्दै नेता गच्छदारले गोविन्द केसीसँग भएको सहमतिअनुसार चिकित्सा शिक्षा विधेयक पारित गर्नुपर्ने माग पनि गर्नुभयो । आज नै यही विषय उठाएर कांग्रेसले राष्ट्रियसभा बैठक पनि अवरुद्ध गरेको थियो ।

अस्पतालका विषयमा कांग्रेसका सांसदले सोधेको प्रश्नमा प्रधानमन्त्री ओलीले संसदमा दिएको जवाफ यस्तो छ –

मैले यस सम्बन्धमा नेपाली कांग्रेसका नेता साथीहरुसँग दुई ओटा कुरा गरेको थिए । एउटा सुशिल कोइरालाजीको नामसंग जोडिएको संस्था अनेक विवादमा छ । त्यो विवाद कसरी हटाउने, त्यस सम्बन्धमा पनि छलफल गरेर यसको एउटा समाधान पनि खोज्ने र निर्विवाद ढंगले कसरी अगाडी जान सकिन्छ । त्यसमा विचार गरौँ भन्ने मैले भनेको थिए । अर्को जि।पि। कोइराला राष्ट्रिय स्वासप्रस्वास उपचार केन्द्रको सम्बन्धमा नेपाली कांग्रेसका नेता साथीहरुलाई मैले भनेको थिए । दुई चार नेताहरु जसलाई यस बारेमा जानकारी छ ।

प्रमुख नेताहरु आएर स्वासप्रस्वास केन्द्र मात्रै त्यहाँ नचल्ला, त्यो नचल्ने गरी एउटा खाली देखाउने मात्रै कुरा गरेर कुनै फाइदा छैन । चल्ने गरी कसरी चलाउने हो त्यसलाई ? त्यसको बजेट व्यवस्थाको सम्बन्धमा मलाई नेपाली कांग्रेसका नेता साथीहरुले भन्नु भो भारतले बजेट दिन्छ । भारतले बजेट दिन्छ भनेर कोही व्यक्तिलाई व्यक्तिगत रुपमा भनेको भन्दा, दिन्छ भनेको हो भने त्यस सम्बन्धमा सरकारको तर्फबाट कुरा अगाडी बढाउन प¥यो । बढाएर त्यसलाई कसरी काम गर्ने ? त्यसलाई बजेट भित्र, योजना भित्र राखेर र बजेट त्यसको स्रोत के हुन्छ, नेपाल सरकारले गर्नु पर्ने हो वा बाहिरबाट ? त्यसलाई स्वासप्रस्वासको रुपमा मात्रै विकास गर्ने हो वा एउटा हस्पिटलको रुपमा गरेर एउटा स्वासप्रस्वास केन्द्र त्यसको एउटा भाग मात्रै हुने हो ?

कसरी प्रभाकारी ढंगले लान सकिन्छ ? अलिक छलफल गरौँ भनेको थिए मैले । यसलाई मास्ने, समाप्त पार्ने, नाम मन नपरेको भन्ने जस्तो सोचाइको कुरा आउछ भन्ने मैले त्यो सोचेको होइन । र मैले यो कुरा हिजोसम्म पनि भनेको छु नेपाली कांग्रेसका नेताहरुलाई । हिजो बेलुका साझसम्म पनि भनेको छु नेपाली कांग्रेसका नेताहरुलाई, नेपाली कांग्रेसका वरिष्ठ नेताहरुलाई भनेको छु । नेपाली कांग्रेसका सभापतिलाई भनेको छु ।

नेपाली कांग्रेसका उपसभापति माननीय गच्छेदार जी । हिजो बेलुका मात्रै पनि उहाँसँग कुरा भएको छ । यसलाई कसरी अगाडी बढाउने भन्ने सन्दर्भमा नै छलफल गरेर प्रभावकारी ढंगले अगाडी बढाउँ । प्रश्न अनौठो गरी राख्नु भएको छ यथावत राख्ने कि नराख्ने ? यथावत नराख्ने । त्यो जमिन मात्रै राखेर यथावत राखेर हुन्छ त ? त्यहाँ जमिन त स्वासप्रस्वास केन्द्रका नाममा राख्यौँ । त्यो यथावत राखेर होइन । हस्पिटल बनाउने होला नि ? अगाडी बढ्ने होला नि ? म अगाडी बढाउने भन्छु । यथावत राख्ने कि नराख्ने भन्नु हुन्छ । यथावतै राख्न खोज्या हो र ? अगाडि बढाउ भन्ने मेरो आग्रह छ सभामुख महोदय ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.39
148.99
EUR
European Euro
1
175.06
175.76
GBP
UK Pound Sterling
1
200.75
201.56
CHF
Swiss Franc
1
189.65
190.41
AUD
Australian Dollar
1
106.40
106.83
CAD
Canadian Dollar
1
108.49
108.93
SGD
Singapore Dollar
1
116.62
117.09
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
21.75
21.84
SAR
Saudi Arabian Riyal
1
39.56
39.72
QAR
Qatari Riyal
1
40.70
40.86
THB
Thai Baht
1
4.63
4.65
AED
UAE Dirham
1
40.40
40.56
MYR
Malaysian Ringgit
1
37.54
37.70
KRW
South Korean Won
100
10.03
10.07
SEK
Swedish Kroner
1
16.18
16.25
DKK
Danish Kroner
1
23.42
23.52
HKD
Hong Kong Dollar
1
18.95
19.03
KWD
Kuwaity Dinar
1
484.62
486.58
BHD
Bahrain Dinar
1
393.53
395.12
OMR
Omani Rial
1
385.42
386.98