गोरखा, ५ माघ २०७५ । गोर्खा जिल्ला भीमसेन थापा गाउँपालिका २ स्थाई घर भएका अग्नि लामिछाने का छोरा १७ बर्षका केशब लामिछाने आर्थिक अभाबका कारण उपचार गर्न कठिन भएको छ ।

आर्थिक अवस्था कमजोर भएका घरायसी समस्याले गर्दा आफ्नो कलिलो उमेर लाउलाउ र खाउ खाउ भन्ने उमेरमा पढाई र परिवारबाट घर परिवार लाई सुख दिन कमाउन भनि भारत गएका थिए ।

दु:ख गरेर काम गरेर अलि अलि कमाउदै आएका थिए , गरिबको घरमा नुन तेल र चुलो बलेकोमा पापी दैबको आखा लाग्यो । भारतमा उनि दुर्घटनामा परे ।

उनि हिड्दै गर्दा उनलाई बाटोमा गाडीले हानेर उपचारको क्रममा एउटा खुट्टा काट्नु पर्‍यो । उनि काम गरेको कम्पनिले २ महिनासम्म भारतमा उपचार गराइ हल्का घाउ निको भएपछि नेपाल फर्काइदियो ।

आर्थिक अवस्था निकै कमजोर भएको हुँदा उहाको उपचारको लागि सक्दो सहयोग गरिदिन हुन सम्पुर्ण सहयोगी मनहरुमा हामी हार्दिक अनुरोध गर्दछौ ।

NIC Asia बैकको खातामा
खाता न .E 787012085552401 मा सहयोग पठाउन सक्नुहुनेछ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्