२०८३ वैशाख २, बुधबार
७:३०:०६ बेलुका
- ADVERTISEMENT -

मोटरसाइकल लिफ्ट सेवा धेरै देशमा लागु छ

प्रकाशित मिति: २०७५ माघ ५, शनिबार

927
Shares

काठमाडौँ, माघ ५ गते । नाकाबन्दीका बेला ‘लिफ्ट कल्चर’ निकै लोकप्रिय थियो । लिफ्ट कल्चरबाट पाठ सिकेर केही सिर्जनशील युवाले व्यावसायिक रूपमा ‘टुटल’ तथा ‘पठाउ’ एप्स बनाए । यसले धेरै युवालाई रोजगारी दियो भने यात्रु पनि लाभान्वित भए ।  केही दिनअघि प्रहरीले एकाएक यस्ता सेवामाथि रोक लगाएपछि धेरैमा निराशा छायो । तर प्रधानमन्त्री केपी शर्मा ओलीले यस्ता सेवा अवरुद्ध नगर्न निर्देशन दिएपछि भने सञ्चालक र प्रयोगकर्ता दुबैलाई राहत मिलेको छ । यस्ता सेवा नेपालमा मात्र होइन विश्वका अन्य देशमा पनि लोकप्रिय छन् ।

कहाँ कहाँ छन् यस्ता सेवा 
जानकारहरूका अनुसार चीनमा मोटरसाइकल ट्याक्सी सन् १९८० देखि १९९० को बीचमा प्रचलित थियो । बेइजिङ, सङ्घाई र ग्वोङझाओमा अहिले पनि यस्तो सेवा पाइन्छ । त्यहाँ यसलाई निकै सस्तो सार्वजनिक यातायातका रूपमा लिने गरिन्छ ।
भारतको गोवामा मोटरसाइकल ट्याक्सी सेवा पाइन्छ । यो अन्य ट्याक्सीभन्दा सस्तो छ । भाडाको ट्याक्सीको कलर पहेंलो र कालो हुनुपर्छ । पछिल्ला वर्षमा भारतका अन्य सहरमा पनि विभिन्न कम्पनीले यो सेवा उपलब्ध गराउन थालेका छन् । भारतका आठ वटा राज्यले दुईपाङ्ग्रे सवारीलाई व्यावसायिक प्रयोजनका लागि बैधता प्रदान गरिसकेका छन् ।
कम्बोडियाका अधिकांश सहरमा मोटरसाइकल ट्याक्सीलाई सस्तो सार्वजनिक यातायातका रुपमा लिइन्छ । चालकलाई युनिफर्म दिइएको हुन्छ ।

चालकलाई हेल्मेट अनिवार्य छ । यात्रुले पनि आफ्नो सुरक्षाका लागि हेल्मेट लगाउन सक्छन् ।
इन्डोनेसियामा लाइसेन्स विनाको यातायातका साधनका रूपमा मोटरसाइकल ट्याक्सी चर्चित छ । यसलाई ‘ओजेक’ नामले चिनिन्छ । भियतनाममा भाडाको मोटरसाइकललाई सामान्य मानिन्छ । त्यसैगरी एसियाका थाइल्याण्ड, फिलिपिन्समात्रै होइन, युरोपको स्वीडेनमा समेत भाडाका मोटरसाइकलहरू चल्ने गरेका छन् ।

यस्तै इन्टरनेटबाट प्राप्त जानकारीअनुसार ब्राजिलमा सन् १९९४ देखि मोटरसाइकल ट्याक्सी सुरु भएको हो । बैङ्क अफ ब्राजिलले १० वटा मोटरसाइकल किनेर भाडामा लगाउन सुरु गरेको जनाइएको छ । बाउरु, साओ पाउलो आदि सहरमा सन् १९९६ बाट यो व्यवसाय सुरु थियो ।

त्यसैगरी मेक्सिकोमा करिब एक हजार भाडाका मोटरसाइकल ट्याक्सी सञ्चालनमा छन् । नाइजेरिया र लाओसमा लाखौंको सङ्ख्यामा मोटरसाइकल ट्याक्सीहरु सञ्चालनमा छन् । अफ्रिकी देशमा पनि भाडाका मोटरसाइकल प्रचलनमा छन् । लन्डनमा पनि सन् १९९० बाट भाडाका मोटरसाइकल प्रयोगमा आएका हुन् । अमेरिकाको क्यालिफोर्निया र न्युयोर्क सिटीमा पनि सन् २०११ बाट मोटरसाइकल हायर सर्भिस सुरु भएको हो । क्यामरुनमा पनि मोटरसाइकल ट्याक्सीलाई आम सार्वजनिक यातायात मानिन्छ ।

फेरि सञ्चालन हुने आशा 
“हामी जस्तो धेरै हिँडडुल गर्नुपर्ने मान्छेका लागि टुटल एकदमै राम्रो छ । सार्वजनिक गाडीमा जान भीडभाड र समयमा पनि नपुग्ने, ट्याक्सी प्रयोग गर्न महँगो र जामको समस्या ।” टुटलका नियमित प्रयोगकर्ता अनिता राई भन्नुहुन्छ, “टुटलको सेवा छिटो र सस्तो छ, यो बन्द गर्नु भनेको जनतालाई मर्कामा पार्नु हो ।”

यता बाइकर (बाइक चालक) उत्तम श्रेष्ठ टुटल एप्सले धेरै राहत पु¥याएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘पहिले विहान १० बजे कार्यालय पुग्दा पनि दुईदेखि पाँच जना सम्मलाई लिफ्ट दिन्थेँ त्यस्तै कार्यालय सकेपछि बेलुका ९ बजेसम्म टुटलमा नै सेवा दिइरहेको थिएँ । यसबाट राम्रो आम्दानी भएपछि मैले जागिर नै छोडेर यसैमा लागँे ।’
मासिक यति नै कमाउँछु भन्ने त छैन् आफूले जति काम ग¥यो त्यहीअनुसार आम्दानी हुने हो, श्रेष्ठ भन्नुहुन्छ, कम्तीमा पनि महिनाको १० देखि १५ हजार रुपियाँसम्म आम्दानी हुन्थ्यो अव पूरै समय यसैमा दिन्छु भन्ने सोचेको थिएँ तर एक्कासी सेवा बन्द गरिने भने पछि म घरको न घाटको नै भएको थिएँ । तर अब फेरि सञ्चालन हुने कुराले आशा पलाएको छ ।

अर्का बाइकर एन्जिना ताम्राकार पनि आफ्नो काम नै छोडेर टुटलमा नै लाग्नुभएको बताउँदै काममा पाँच हजार रुपियाँमात्र तलव भएकोले काम नै छोडेर यसैमा लागेको तर बन्द हुने भएपछि चिन्ता लागेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, मैले लिफ्ट दिएर दैनिक एक हजारदेखि तीन हजारसम्म कमाएको थिएँ ।”

“वि सं.२०४९ सालको ऐनमा टेकेर अहिलेको प्रविधि रोक्न मिल्दैन । ऐन भनेको समयसँगै परिमार्जन हुने कुरा हो,” टुटलका सञ्चालक शिक्षित भट्ट भन्नुहुन्छ, “आवश्यकता परेपछि साइबर क्राइम ऐन बन्यो, २०५३ मा दूरसञ्चार ऐन बन्यो । त्योभन्दा पहिले यसबारे कुरा गरेको भए मान्छेले के भन्थे होलान ?” दुई वर्षअघिको प्रविधिलाई २६ वर्षअघिको कानुनको तराजुमा जोख्न नहुने उहाँको तर्क छ ।

ठाउँमा हामीले सेवा दिएका छौ ं। नेत्रहीन तथा अपाङ्ता अर्थात् फरक क्षमता भएकालाई सस्तोमा सेवा दिएका छौं । धेरैलाई रोजगारी दिएका छौं । घाटामा हुँदा पनि सरकारलाई कर तिरेका छौं । हामीले के गल्ती ग¥यौं?’, उहाँले भन्नुभयो । उहाँका अनुसार सार्वजनिक सवारी प्रयोग गर्न गाह्रो पर्ने शारीरिक अपाङ्गता भएकाहरू टुटल एपका ग्राहक छन् ।

एपमै सार्वजनिक हुने भाडा मात्र लिइने हुँदा यात्रु ठगिने सम्भावना कम हुन्छ । काठमाडौँको सवारी चापमा हतारमा रहेका व्यक्तिलाई यसले सहज सेवा दिने भट्टले बताउनुभयो । टुटलमा अहिले सात हजार चालक जोडिइसकेका भट्टले जानकारी दिनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
149.11
149.71
EUR
European Euro
1
175.98
176.69
GBP
UK Pound Sterling
1
202.37
203.19
CHF
Swiss Franc
1
191.17
191.94
AUD
Australian Dollar
1
106.27
106.70
CAD
Canadian Dollar
1
108.43
108.87
SGD
Singapore Dollar
1
117.32
117.79
JPY
Japanese Yen
10
9.39
9.43
CNY
Chinese Yuan
1
21.88
21.96
SAR
Saudi Arabian Riyal
1
39.73
39.89
QAR
Qatari Riyal
1
40.90
41.06
THB
Thai Baht
1
4.66
4.67
AED
UAE Dirham
1
40.60
40.76
MYR
Malaysian Ringgit
1
37.74
37.89
KRW
South Korean Won
100
10.14
10.18
SEK
Swedish Kroner
1
16.28
16.35
DKK
Danish Kroner
1
23.55
23.64
HKD
Hong Kong Dollar
1
19.04
19.11
KWD
Kuwaity Dinar
1
486.73
488.69
BHD
Bahrain Dinar
1
395.26
396.85
OMR
Omani Rial
1
387.29
388.85