२०८२ चैत २९, आइतबार
७:५७:२७ बेलुका
- ADVERTISEMENT -

सरकारलाई ठीक ठाउँमा ल्याउन काङ्ग्रेस​ कम्मर कसेर अगाडी बढ्छ​: : नेता पौडेल

प्रकाशित मिति: २०७५ माघ ४, शुक्रबार

1285
Shares

चितवन, माघ ४ । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्र, राष्ट्रियता, सुशासन, शान्ति सुरक्षा र विकासका सवालमा सम्पूर्ण पार्टी एक भएर अगाडि बढ्नुपर्ने बताएका छन् ।

प्रेस युनियन चितवन शाखाले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा वरिष्ठ नेता पौडेलले जनताका समस्याहरु देखिएका ठाउँमा काङ्ग्रेसले आवाज उठाउने बताए । उनले सरकार ठीक बाटोमा आउँदैन भने ठीक ठाउँमा ल्याउन काङ्ग्रेस कम्मर कसेर अगाडि बढ्ने बताए । उनले भने, ‘जनताका आवाजलाई सधैँ दवाउन सकिदैन, देशका समस्यामा लापरवाही गर्न पाइदैन र त्यसका लागि प्रतिपक्षले भूमिका निर्वाह गर्छ ।’

वरिष्ठ नेता पौडेलले भने, ‘देशका समस्यामा लापरवाही भए जनताले पनि आफ्नो तर्फबाट आवाज उठाउँछन् र सरकारलाई सही बाटोमा हिँडाउनलाई जवरजस्ती प्रयास हुन्छन् ।’

दूरदराजका जनताले पनि स्वास्थ्य सुविधा पाउनुपर्छ भन्ने डा गोविन्द केसीका मागप्रति सरकारले वेवास्ता गरेको बताउँदै उनले भने, ‘दूरदराजमा रहेका जनतालाई पनि गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त हुनु पर्छ । संविधानले समाजवाद उन्मुख व्यवस्था भनेको छ । त्यो अनुरुप सबै विपन्न जनताले सेवा पाउनुपर्छ भन्ने उहाँको मागलाई सरकारकाले वेवास्ता गरेको छ ।’ उनले अगाडि थपे, ‘त्यो संविधान विपरित पनि छ ।’

गिरिजाप्रसाद श्वासप्रश्वास केन्द्र र सुशील कोइराला क्यान्सर अस्पताललाई पनि सरकारले लगभग विघटन गर्न लागेको भन्दै उनले भने, ‘सरकार दुई वटा अस्पताल खारेजी गर्न उन्मुख हुँदैछ ।’

वाइड बडी, सुनकाण्ड, भ्रष्टाचारका काण्ड अगाडि आइरहेको भन्दै उनले सरकार यस्ता घटनाको ढाकछोप गर्न लागेको आरोप लगाए । पार्टीभित्रको विवाद मिलेको हो भन्ने प्रश्नमा नेता पौडेल पार्टीभित्र केही कुरामा फरक मत भई नै रहने बताए । उनले भने, ‘केही कुराहरु नेतृत्वको गतिविधलाई मन नपरेको हुन सक्छ ।

ती विवाद हुँदाहुँदै पनि पार्टी अहिलेका लोकतन्त्र, राष्ट्रियता र सुशासनको सवालमा एक हुन्छ ।’ महासमिति बैठकले एकताको सन्देश दिएको बताउँदै उनले भने, ‘त्यो कुरा तलसम्म आउनुपर्छ । लोकतन्त्र र मुलुकको रक्षा गर्नु काङ्ग्रेसको दायित्व हो ।’

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.07
148.67
EUR
European Euro
1
173.44
174.14
GBP
UK Pound Sterling
1
199.01
199.82
CHF
Swiss Franc
1
187.61
188.37
AUD
Australian Dollar
1
104.69
105.11
CAD
Canadian Dollar
1
107.03
107.46
SGD
Singapore Dollar
1
116.22
116.69
JPY
Japanese Yen
10
9.30
9.34
CNY
Chinese Yuan
1
21.68
21.77
SAR
Saudi Arabian Riyal
1
39.46
39.62
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.61
4.63
AED
UAE Dirham
1
40.31
40.47
MYR
Malaysian Ringgit
1
37.34
37.50
KRW
South Korean Won
100
9.98
10.02
SEK
Swedish Kroner
1
15.99
16.05
DKK
Danish Kroner
1
23.21
23.30
HKD
Hong Kong Dollar
1
18.90
18.98
KWD
Kuwaity Dinar
1
483.10
485.06
BHD
Bahrain Dinar
1
392.65
394.25
OMR
Omani Rial
1
384.60
386.16