गोरखा ४ माघ २०७५ । गोरखाको पालुङटारमा पहिलो पटक पालुङटार महोत्सव हुने भएको छ ।

गोरखा उद्योग बाणिज्य संघ पालुङटार बजार इकाईले गरेको पत्रकार सम्मेलनमा पालुङ्गटारमा ‘प्रथम पालुङटार लिगलिग महोत्सव २०७५’ को आयोजना गरिने जानकारी दिएका छ्न ।

इकाईको आयोजना तथा नेपाल आदिबासी जनजाती महासंघ नगर परिषदको सहयोगमा पालुङटारको आन्तरीक परिचय वाह्य क्षेत्रमा गराउने उद्वेश्यका साथ आयोजना गर्न लागिएको महोत्सवमा स्थानिय साँस्कृतीक भेषभुषा, स्थानिय खानपान तथा स्थानिय उत्पादनको परिचय दिने गरी महोत्सव आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।

महोत्सवमा स्थानिय स्तरमा उत्पादन हुने कृषिजन्य सामाग्री, घरेलु उत्पादन, जडिवुटी तथा फलफुलको समेत प्रर्दशन हुने जानकारी गराईएको थियो । पत्रकार सम्मेलनमा बोल्दै इकाईका अध्यक्ष देवकोटाले उत्त क्षेत्रमा रहेको धार्मिक तथा ऐतिहासिक स्थलको समेत परिचय गराउने उद्वेश्य रहेको बताउनु भयो ।

पहिलो पटक हुने लागेको महोत्सवमा पालुङटार गायन तथा नृत्य तारा, औधोगिक प्रर्दशनी, हस्तकला तथा कृषि प्रर्दशनी, खाना तथा विविध मनोरन्जनात्मक कार्यक्रम, नपा भित्रको विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता, रमाईलो मेला, आदिवासी जनजातीहरुको झाँकी प्रतियोगिताका साथै शोभा यात्रा र लिगलिग देखी प्याराग्लाईडिङ्गको समेत ब्यवस्था गरिएको अध्यक्ष देवकोटाले जानकारी दिनुभयो ।

महोत्सवलाई गोरखा उद्योग बाणिज्य संघ र नेपाल पर्यटन बोर्ड पोखरा तथा पालुङटार नगरपालिकाको सहयोग रहने छ्न ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्