- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

नेविसंघको कार्यकाल थपिएकोमा देउवा निवासमा धर्ना

January 17, 2019
898
Shares
- ADVERTISEMENT -

काठमाडौं, ३ माघ २०७५ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समर्थक नेविसंघका कार्यकर्ताले संघको कार्यकाल बढाइएको भन्दै पार्टी सभापति शेरबहादुर देउवा निवासमा धर्ना दिएका छन् ।

वर्तमान कार्यसमितिको समयावधि तेस्रो पटक एक साता बढाइएको थियो। वर्तमान कार्यसमितिले १२औं महाधिवेशन गर्नै नसक्ने भन्दै पौडेल पक्षले तदर्थ समितिमा जोड दिएको छ ।

- ADVERTISEMENT -

Advertisement

पौडेल नजिक रहेका नेविसंघका ४५ केन्द्रीय सदस्यले गत साता राजीनामा बुझाएका थिए। त्यसअघि सभापति देउवा पक्षका ७ विद्यार्थी नेताले राजीनामा बुझाएका थिए ।

वर्तमान कार्यसमितिको दोस्रो पटक बढाइएको कार्यकाल बुधबार सकिएको थियो ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com