Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:०७:२३ बिहान
- ADVERTISEMENT -

बुटवलमा कांग्रेसले ‘शक्ति प्रदर्शन’ र खबरदारी सभाको आयोजना

प्रकाशित मिति: २०७५ माघ ३, बिहीबार

751
Shares

बुटवल, ३ माघ २०७५ । नेपाली कांग्रेसले बिहीबार (आज) बुटवलमा शक्ति प्रदर्शनसहित खबरदारी सभाको आयोजना गर्ने भएको छ । प्रदेश पाँचको राजधानी रुपन्देही कायम गर्न दबाव दिने उद्देश्यले शक्ति प्रदर्शन र सभा गर्न लागेको हो ।

प्रदेश सरकार गठन भएको एक वर्ष पुग्न लाग्दा पनि स्थायी राजधानी तोक्न ढिलाई गर्नुलाई कांग्रेसले अन्यत्र सार्ने षडयन्त्र भनेको छ । शेरबहादुर देउवा नेतृत्वको यसअघिको सरकारले बुटवललाई प्रदेश ५ को सहित सातै प्रदेशको अस्थायी राजधानी तोकेको थियो । सरकारले प्रदेश ५ को राजधानी बुटवलबाट अन्यत्र सार्ने षड्यन्त्र गरिरहेको कांग्रेसको आशंका छ ।

वाइडबडी विमान खरिद, प्रदेश ५ मा गाडी खरिदमा अनियमिमता भएकाले त्यसको भण्डाफोर गर्न, निर्मला पन्तको बलात्कारी र हत्यारा पत्ता लगाउन दबाव दिन पनि जनप्रदर्शन र सभाको आयोजना गरिएको कांग्रेस रुपन्देही सचिव रामकृष्ण खांणले बताए ।

सभालाई कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खांण, पार्टी प्रवक्ता विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्यहरु चन्द्र भण्डारी, पुष्पा भुसाल, देवेन्द्रराज कंडेल, मानबहादुर विकलगायतले सम्बोधन गर्ने कार्यक्रम छ । ट्राफिक चोकमा हुने सभाअघि राजमार्ग चौराहाबाट र्‍याली निस्कने छ ।

नेपाली कांग्रेस रुपन्देहीले आयोजना गरेको सभामा कम्तीमा ५० हजार कार्यकर्ता उतार्ने जिल्ला सचिव खांणले दावी गरे । ‘सभामा जिल्लाभरिबाट ५० हजारदेखि एक लाख जनता उतार्ने तयारी गरेका छौं,’ खांणले भने ।

प्रदेश राजधानीका विषयमा निर्णय गर्ने थलो प्रदेश सभा भएकाले संघीय सांसद सडकमा आएर बोल्नु गलत भएको प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले बताउंदै आएका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -