२०८३ वैशाख ६, आइतबार
११:००:३६ राति
- ADVERTISEMENT -

नेविसङ्घ नेतृत्वको बैधानिकता कायम, दैनिक कार्य सञ्चालन गर्न कांग्रेसको निर्देशन

प्रकाशित मिति: २०७५ माघ ३, बिहीबार

905
Shares

काठमाडौं, माघ ३

नेपाली काङ्ग्रेसले हिजोदेखि पदावधि समाप्त भएको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घ केन्द्रीय कार्यसमितिलाई दैनिक कार्य सञ्चालन गर्न, गराउन निर्देशन दिएको छ ।

काङ्ग्रेस केन्द्रीय कार्यसमितिको गत मङ्सिर २ गतेको बैठकको निर्णयबाट नेविसङ्घ केन्द्रीय समितिको थप गरिएको दुई महीनाको पदावधि हिजो माघ २ गतेसम्म कायम थियो ।

काङ्ग्रेसले सङ्घ केन्द्रीय समिति तथा मातहतका निकायको पदावधि हिजोसम्म भए पनि अब उप्रान्तका लागि काङ्ग्रेस केन्द्रीय कार्यसमितिको आगामी माघ १० गते बस्ने बैठकले निर्णय गरेअनुसार हुने गरी दैनिक कार्य सञ्चालन गर्न गराउन निर्देशन दिएको हो । काङ्ग्रेस केन्द्रीय समितिको बैठक माघ १० गतेका लागि बोलाइएको छ ।

यस अघि नेविसङ्घको केन्द्रीय नेतृत्वले महाधिवेशनको मिति पटकपटक घोषणा गर्ने तर समयमा गर्न नसक्ने देखिएपछि पदाधिकारी र सदस्यले शृङ्खलाबद्ध रुपमा पदबाट राजिनामा गर्नुभएको थियो ।

काङ्ग्रेस सभापति शेरबहादुर देउवा समक्ष सङ्घका सात पदाधिकारीले गत पुस २७ गते पदबाट राजीनामा गरेको दुई दिनपछि पार्टी वरिष्ठ नेता रामचन्द्र पौडेलसमक्ष ४५ केन्द्रीय पदाधिकारी तथा सदस्यले पनि पदबाट सामुहिक राजीनामा बुझाउनुभएको थियो । नेविसङ्घको वर्तमान केन्द्रीय कार्यसमिति १६६ सदस्यीय छ ।

वर्तमान नेृतत्वले क्याम्पसमा सङ्गठन निर्माण गर्न नसकेको, कुनै पनि आन्दोलन गर्न नसकेको, महङ्गी, भ्रष्टाचार र जघन्य अपराधका मुद्दामा मौन रहेको, जति पटक म्याद थप गरे पनि महाधिवेशन गराउन नसक्ने भन्दै उहाँहरुले नैतिकताका आधारमा सामुहिक राजीनामा बुझाउनुभएको थियो ।

वर्तमान कार्यसमितिको वि सं २०७३ भदौ २ गते दुई वर्षे कार्यकालका लागि निर्वाचन भएको थियो । गत भदौ २ गते कार्यकाल समाप्त भएपछि विधान तह तीन महीना र पछि पार्टीको पहलमा दुई महीना समयावधि थप भएको थियो ।

वर्तमान कार्यसमितिले गत पुस २८, २९ र ३० गते महाधिवेशन गर्न मिति तय गरे पनि एकातिर उक्त समयमा महाधिवेशन हुन सकेन भने अर्कातिर वर्तमान कार्यसमितिको समयावधि नै माघ २ गते समाप्त भएकाले पार्टीले तत्काल दैनिक काम गर्न निर्देशन दिएको पार्टी कार्यालयले जनाएको छ ।

काङ्ग्रेसले सङ्घ केन्द्रीय समिति तथा मातहतका निकायको पदावधि हिजोसम्म भए पनि अब उप्रान्तका लागि काङ्ग्रेस केन्द्रीय कार्यसमितिको आगामी माघ १० गते बस्ने बैठकले निर्णय गरेअनुसार हुने गरी दैनिक कार्य सञ्चालन गर्न गराउन निर्देशन दिएको हो ।

राजिनामा गर्ने पदाधिकारी तथा सदस्यले वर्तमान कार्यसमिति विघटन गरी छ महीनाभित्र महाधिवेशन गर्ने गरी तदर्थ समिति बनाउन पार्टीसमक्ष माग गरेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.39
148.99
EUR
European Euro
1
175.06
175.76
GBP
UK Pound Sterling
1
200.75
201.56
CHF
Swiss Franc
1
189.65
190.41
AUD
Australian Dollar
1
106.40
106.83
CAD
Canadian Dollar
1
108.49
108.93
SGD
Singapore Dollar
1
116.62
117.09
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
21.75
21.84
SAR
Saudi Arabian Riyal
1
39.56
39.72
QAR
Qatari Riyal
1
40.70
40.86
THB
Thai Baht
1
4.63
4.65
AED
UAE Dirham
1
40.40
40.56
MYR
Malaysian Ringgit
1
37.54
37.70
KRW
South Korean Won
100
10.03
10.07
SEK
Swedish Kroner
1
16.18
16.25
DKK
Danish Kroner
1
23.42
23.52
HKD
Hong Kong Dollar
1
18.95
19.03
KWD
Kuwaity Dinar
1
484.62
486.58
BHD
Bahrain Dinar
1
393.53
395.12
OMR
Omani Rial
1
385.42
386.98