- ADVERTISEMENT -
- ADVERTISEMENT -

चेपेघाट मेला सम्पन्न

January 16, 2019
881
Shares
- ADVERTISEMENT -

गोरखा, २ माघ २०७५ । तामाङ समुदायको प्रमुख पर्व सोनाम ल्होसारको अवसरमा मंगलबार चेपे र मस्र्याङ्दीको दोभान चेपेघाटमा दोस्रो चेपेघाट मेला सम्पन्न भएको छ ।

चेपे आदर्श युवाक्लवको आयोजनामा दुई दिने मेला सम्पन्न भएको हो । क्लवका अध्यक्ष बुधराम गुरुङको अध्यक्षतामा सम्पन्न समारोहमा प्रमुख अतिथि गण्डकी प्रदेशका सांसद हरिशरण आचार्य, पालुङ्टार नगरपालिकाका मेयर दीपकबाबु कँडेल, उपमेयर पम्फा बसेललगायतले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।

- ADVERTISEMENT -

Advertisement

कार्यक्रममा आयोजित छेलो प्रतियोगितामा प्रेम पाख्रिन विजयी भएका छन् ।

उनले पाँच हजार पुरस्कार समेत जितेका छन् । त्यस्तै नृत्य प्रतियोगितामा किरण थापा मगर प्रथम र गोविन्द रानाभाट दोस्रो भएका छन् ।
कार्यक्रममा राष्टिूय स्तरका लोकदोहरी कलाकार पृथ्वी गुरुङ, पारु गुरुङ तथा स्थानीय कलाकारहरुको प्रस्तुती रहेको थियो ।

- ADVERTISEMENT -

Advertisement

उक्त मेलामा आयोजित नृत्य प्रतियोगितामा पश्चिमाञ्चल कल्चर ग्रुप काठमाडौं प्रथम, दीपज्योति बालक्लव द्वितीय, स्थानीय मिस्मा गुरुङ तृतीय र दोभान कल्चर ग्रुपका कलाकारहरुले सान्वना पुरस्कार पाएका अध्यक्ष बुधमान गुरुङले जानकारी दिनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -