२०८३ वैशाख ८, मंगलबार
४:५९:५० दिउँसो
- ADVERTISEMENT -

इतिहास मेटाएर मेटिदैन : सुरेन्द्र पाण्डे

प्रकाशित मिति: २०७५ माघ २, बुधबार

1236
Shares

काठमाडौँ, २ माघ २०७५ । नेपाली कांग्रेसका नेता सुरेन्द्र पाण्डेले कांग्रेसका नेताहरुको नाममा रहेका संस्थाहरु विघटन गरेर वर्तमान सरकारले प्रतिशोधको राजनीतिमार्फत तर्साउन खोजेको आरोप लगाएका छन् ।

राष्ट्रिय सभाको बुधबारको बैठकमा विशेष समय लिएर बोल्दै उक्त सदनमा विपक्षी दलका नेता समेत रहेका सांसद पाण्डेले सरकारले हालै मात्र देशका विभिन्न भागमा रहेका ११ वटा अस्पतालमध्ये ९ वटालाई मात्रै केन्द्र सरकारको मातहतमा राख्दै कांग्रेसका पूर्व सभापतिद्धय गिरिजाप्रसाद र सुशील कोइरालाको नाममा सञ्चालित दुई अस्पताल विघटनको प्रक्रियामा लाने निर्णयप्रति आपत्ति जनाए ।

स्वास्थ्य मन्त्रालयले देशका विभिन्न भागमा रहेको ११ वटा अस्पताललाई केन्द्र सरकारकै मातहतमा राख्न गरेको प्रस्तावमा मन्त्रिपरिषदको बैठकले तनहुँको दुलेगौडास्थित गिरिजाप्रसाद (जिपी) कोइराला राष्ट्रिय श्वासप्रश्वास केन्द्र र बाँकेस्थित सुशील कोइराला क्यान्सर अस्पताल विघटन गर्ने गरेको जानकारी बाहिर आएको थियो ।

सरकारको उक्त निर्णयप्रति गम्भिर आपत्ति जनाउँदै पाण्डेले तत्काल निर्णय सच्याउन सरकारसँग चेतावनीपूर्र्ण आग्रह गरे ।

यी दुबै अस्पताललाई अरु ९ अस्पताल जस्तै केन्द्र सरकार मातहतमै राख्न माग गर्दै उनले अस्पताल सञ्चालनको विषयमा सरोकारवालासँग पनि कुनै परामर्श नगरी विनाकारण विघटनको प्रक्रियामा लाने निर्णय गलत भएको बताए ।

गिरिजाप्रसाद र सुशील कोइराला अथवा कांग्रेसको नेता भएकै कारण उनीहरुको नाममा सञ्चालित अस्पताल विघटन गराउने सरकारी निर्णय राजनीतिक प्रतिशोधपूर्ण रहेको आरोप पनि उनले लगाए ।

‘अहिले सत्ता परिवर्तन भएको होइन, सरकारमात्रै परिवर्तन भएको हो, तर, अहिले सरकारको गतिविधि हेर्दा लाग्दछ सत्ता नै परिवर्तन भएको छ। हिँजोका सरकार प्रमुख वा अन्य पार्टीको नेतृत्व गर्ने सबै संस्थाहरुलाई विघटन गर्ने नियत सरकारको देखिन्छ,’ उनले भने ।

गिरिजाप्रसाद कोइरालाको नाममा खोलिएको संस्थालाई विघटन गर्दैमा गिरिजाप्रसादको नाम नेपालकोे इतिहासबाट नहराउने बताउँदै पाण्डेले कोइरालाले लोकतन्त्र र शान्ति प्रक्रियामा पुर्याएको योगदान उनको नाममा भएको संस्था हटाउँदैमा इतिहास नमेटिने बताए ।

सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहालले हरेकटक बोल्दा गिरिजाप्रसाद कोइराला नभएको भए शान्ति प्रक्रियाले सफलता पाउने थिएन भनि भन्ने र यो प्रक्रियालाई पूर्णता दिने जिम्मेवारी मेरो हो भन्ने तर उनैकोे पार्टीको सरकारले कोइरालाको नाममा रहेका संस्था विघटन गर्ने निर्णय राजनीतिक असहिष्णुताको प्रमाण भएको आरोप उनले लगाए ।

प्रतिपक्षी दल र त्यसका नेताहरुप्रति यस्तै असहिष्णु राजनीतिक व्यवहार गर्दै जाने हो भने मुलुक फेरि अर्को संघर्ष र अराजकताको बाटोमा जाने खतरातर्फ सजक रहन सुझाव दिँदै उनले भने, ‘यदि सरकारको रवैया प्रतिपक्षी दलका नेताको नामप्रति पनि एलर्जी हुने वा दुश्मनी हुने हो भने भोलिका दिनमा हामीले पनि दिनमा त्यहि अनुरुपकोे व्यवहार गर्नु पर्ने हुनेछ ।’

लोेकतन्त्रिक बहुदलीय व्यवस्थामा सरकार परिवर्तन सामान्य प्रक्रिया भएको बताउँदे उनले आज नेकपाको सरकार छ भोलि अर्को पार्टीको हुन सक्छ भन्दै बहुदलीय प्रजातन्त्र हो एउटै पार्टीको मात्र शासन हुने कम्युनिष्ट शासन नभए बताए। सरकार परिवर्तन हुने वित्तिकै अर्को पार्टी र त्यसका नेताका नाममा रहेका संघ संस्था विघटन गर्ने कार्य न्यायोचित नहुने पनि बताए ।

सरकारको प्रतिशोधपूर्ण राजनीतिक निर्णयले मुलुक अराजकतामा जाने भन्दै भने, ‘यदि हामीलाई तर्साउन खोजेको अथवा हरेक ठाउँमा ठेगान लागउँछौँ भनि धम्क्याउन र तर्साउन खोजेको हो भने धेरैेले कांग्रेसलाई तर्साउन खोजेको थिए। राणाले तर्साउन खोजेका थिए, पञ्चायतले तर्साउन खोजेको थियो, माओवादीकोे बन्दुकले पनि तर्साउन खोेजेको थियोे तर, तर्सिएन। त्यसैले यस्ता घटनाहरुले कांग्रेस तर्सिदैन ।’

प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा जाँदा भारतीय सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको अवस्थामा सरकारको यो निर्णयले दुई देशका सरकार सरकारबीच भएकोे सम्झौैताको अवस्था के हुने भनि प्रश्न गरे ।

यी दुइ संस्थाको विषयमा निर्णय सच्याउँदै केन्द्र सरकार अन्तरगत नै संचालन गर्ने निर्णयगरी यसबारे सरकारले अर्को बैठकसम्ममा सदनलाई जानकारी नगराए आफूहरुले सरकारको विरुद्ध सदन र सडकमा कडा कदम चाल्ने चेतावनी पनि पाण्डेले दिए ।

बि.स. २०७० सालमा विकास समिति गठन आदेश अन्तरगत तनहुँको बेलचौतारामा गिरिजाप्रसाद राष्ट्रिय श्वासप्रश्वास केन्द्र स्थापना भएको थियो भने २०७३ सालमा सरकारको विकास समिति गठन आदेश अन्तरगत बाँकेमा सुशील कोइराला क्यान्सर अस्पताल स्थापना गरी सञ्चालन भएको थियो ।

सरकारको पछिल्लो निर्णयले एकातिर गण्डकी प्रदेशको ग्रामिण क्षेत्रमा बसोबास गर्ने गरिव जनताले पाउँदै आएको श्वासप्रश्वास सम्बन्धि सेवाबाट बञ्चित हुने अवस्था आएको छ भने यसले अर्कोतर्फ देशमा लोकतन्त्र पुर्नस्थापनाका लागि लामो जीवन व्यथित गर्यो त्यस व्यक्ति (गिरिजाप्रसाद)को नाममा सञ्चालित अस्पताल बन्द गर्न खोज्दैछ, उनले भने ।

त्यसैगरी दुरदराज र राजधानीभन्दा बाहिर खोलिएका अस्पतालहरुको सञ्चालनमा राज्यले प्रोत्साहन दिनु पर्नेमा सुशील कोइराला क्यान्सर अस्पताल सञ्चालनको जिम्मेवारीबाट सरकार पन्छिन खोजिरहेको अवस्थाप्रति आफ्नो दलको गम्भिर ध्यानाकर्षण भएको बताए।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.71
149.31
EUR
European Euro
1
175.08
175.78
GBP
UK Pound Sterling
1
201.08
201.89
CHF
Swiss Franc
1
190.39
191.15
AUD
Australian Dollar
1
106.45
106.88
CAD
Canadian Dollar
1
108.65
109.09
SGD
Singapore Dollar
1
117.00
117.47
JPY
Japanese Yen
10
9.36
9.40
CNY
Chinese Yuan
1
21.81
21.90
SAR
Saudi Arabian Riyal
1
39.65
39.81
QAR
Qatari Riyal
1
40.80
40.96
THB
Thai Baht
1
4.63
4.65
AED
UAE Dirham
1
40.49
40.65
MYR
Malaysian Ringgit
1
37.62
37.78
KRW
South Korean Won
100
10.11
10.15
SEK
Swedish Kroner
1
16.25
16.32
DKK
Danish Kroner
1
23.43
23.52
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
485.43
487.38
BHD
Bahrain Dinar
1
394.30
395.89
OMR
Omani Rial
1
386.25
387.81