- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

गिरिजा र सुशील कोइरालाको नामका अस्पताल खारेज हुन लागेपछि कांग्रसको आपत्ति

January 15, 2019
1419
Shares
- ADVERTISEMENT -

काठमाडौ‌ँ, १ माघ २०७५ । पूर्व प्रधानमन्त्रीद्वय तथा पार्टीका पुर्व सभापतिहरु गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा खोल्न लागिएका दुई वटा अस्पताल सरकारले खारेजीको प्रकृयामा लगेपछि नेपाली कांग्रसले आपत्ति जनाएको छ।

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सोमबार राजधानीमा पत्रकार सम्मेलन गर्दै भने- यो सरकार कांग्रेसको अस्तित्व नै निमिट्यान्न पार्ने षड्यन्त्रमा लागेको छ। नेपाली कांग्रेस कठोररुपमा उत्रन्छ। हामी सरकार र सदन दुवैबाट यसको प्रतिवाद गर्छौँ।

- ADVERTISEMENT -

Advertisement

स्वास्थ्य मन्त्रालयले निर्माणाधीन तनहुँको दुलेगौँडास्थित गिरिजाप्रसाद कोइराला स्वासप्रश्वास अस्पताल र बाँकेस्थित सुशील कोइराला क्यान्सर अस्पताल खारेजीको प्रक्रियामा लगिसकेको छ। शेरबहादुर देउवा प्रधानमन्त्री भएका बेला भएको भारत भ्रमणका क्रममा भारत सरकारले गिरिजाप्रसाद कोइराला श्वासप्रश्वास अस्पताल निर्माणका लागि सहयोग गर्ने बताएको थियो। उक्त अस्पतालका लागि सात सय रोपनी जग्गा प्राप्त भइसकेको थियो।

सरकारले देशभरका ११ वटा अस्पताललाई केन्द्रको मातहतमा ल्याउने तयारी गरिरहँदा नेपाली कांग्रेसका पुर्व सभापतिद्वय समेत रहेका गिरिजा र सुशीलको नामका निर्माणाधीन अस्पताल खारेजीको प्रक्रियामा लगेको हो। पत्रकार सम्मेलनमा पौडेलले अनसनरत डा. गोविन्द केसीको माग पुरा गरेर आफूलाई समाजवादी नेतृत्वका रुपमा पुष्टि गर्न सरकार र त्यसमा रहेका दललाई चुनौती दिएका छन्।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com