काठमाडौँ, २९ पौष २०७५ । निर्धारित समयमा महाधिवेशन नभएको भन्दै नेपाली कांग्रेको भातृसंस्था नेपाल विद्यार्थी संघमा राजिनामा दिनेको संख्या बढ्दै गइरहेको छ । शुक्रबार मात्रै नेविसंघका महामन्त्री सरोज थापासहित ७ जनाले राजिनामा दिएको भोलिपल्ट अन्य ४५ जनाले राजीनामा दिएका छन् ।
महामन्त्री सहित ७ जना सदस्यले राजिनामा दिएको भोलिपल्ट सहमहामन्त्री हरीहर शर्मा र ललिता सुनानर सहित ४५ जनाले सामुहिक राजिनामा दिएका छन् । रामचन्द्र पौडेल निकट मानिने ति पदाधिकारीहरुले राजिनामापत्र पौडेल मार्फत सभापति शेरबहादुर देउवालाई बुझाएका छन् ।
निर्धारीत समय भन्दा ३ महिना बढि भैसक्दा पनि महाधिवेशन गर्नुको साटो पार्टी अझै म्याद थपमैलागेको भन्दै राजीनामा बुझाउनु परेको नेविसंघ केन्द्रिय सदस्य कल्पना खड्काले बताईन् ।
नयाँ विद्यार्थी नेतृत्वलाई मार्गप्रशस्त गर्न राजीनामा गरेको उनको भनाई रहेको छ । अध्यक्ष नैनसिंह महराकै कारण आज नेविसंघको निर्धारीत समयमा महाधिवेशन नभएको राजिनामा दिएका सदस्यको भनाई रहेको छ । नेविसंघले निर्धारीत समयमा महाधिवेशन गर्न नसक्दा पार्टीका नेताहरुले समेत असन्तुष्टी जनाउदै आएका छन ।