- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

प्रधानसेनापति थापालाई भारतको मानार्थ सेनापतिको दज्र्यानी चिन्ह प्रदान

January 12, 2019
1431
Shares
- ADVERTISEMENT -

काठमाडौं, पुष २८

भारतीय राष्ट्रपति रामनाथ कोविन्दले नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापालाई भारतको मानार्थ सेनापतिको दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको छ ।

- ADVERTISEMENT -

Advertisement

भारत भ्रमणमा रहनु भएका प्रधानसेनापति थापालाई नयाँदिल्लीस्थित राष्ट्रपति भवनमा शनिवार आयोजित एक समारोहमा राष्ट्रपति कोविन्दले भारतीय स्थलसेनाको मानार्थ सेनापतिको दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको हो ।

नेपाल र भारतबीच सेना प्रमुखलाई मानार्थ सेनापति उपाधि दिने परम्परा अनुसार नै थापालाई उक्त सम्मान दिइएको बताइएको छ । ‘सेनापति थापालाई सैन्य कौशल र नेपालको भारतसँगको लामो र मैत्रीपूर्ण सम्बन्धलाई सुदृढ बनाउन योगदान दिएबापत मानार्थ सेनापतिबाट सम्मान गरिएको हो’ राष्ट्रपति कोविन्दले ट्वीटमा भन्नु भएको छ ।

- ADVERTISEMENT -

Advertisement

भदौको अन्तिम साता भारतले पुनेमा आयोजना गरेको बिमस्टेक राष्ट्रहरुको संयुक्त सैन्य अभ्यासमा नेपालले अन्तिम समयमा सहभागी नहुने निर्णय गरेपछि नेपाल र भारतको उच्च राजनीतिक तहदेखि सैन्य स्तरमा पनि अविश्वास सिर्जना भएको थियो । यो परिप्रेक्ष्यमा प्रधानसेनापति थापाको भारत भ्रमणलाई दुई मुलुकबीचको सैन्य सम्बन्ध सुधारका हिसाबले विशेष चासोका साथ हेरिएको छ ।

प्रधानसेनापति थापा भारतका स्थल सेनाध्यक्ष जनरल विपिन रावतको निमन्त्रणमा पाँच दिने भ्रमणका लागि शुक्रबार दिल्ली पुग्नु भएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com