- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

नेपाल विद्यार्थी संघ (नेविसंघ)का ८ जना पदाधिकारीले दिए सामूहिक राजीनामा

January 11, 2019
1367
Shares
- ADVERTISEMENT -
- ADVERTISEMENT -

काठमाडौं, २७ पौष २०७५ । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)का ८ जना पदाधिकारीले सामूहिक राजीनामा दिएका छन्। अध्यक्ष नैनसिंह महरप्रति असन्तुष्टि जनाउँदै उनीहरुले शुक्रबार पार्टी सभापति शेरबहादुर देउवालाई राजीनामा बुझाएका हुन्।

राजीनामा बुझाउनेमा उपाध्यक्षहरु पुष्पकुमार शाही, सञ्जय यादव, विकास केसी, महामन्त्री सरोजकुमार थापा, सहमहामन्त्री प्रेमराज जोशी, अम्बिका चलाउने, प्रकाश घिमिरे र अच्युतराज कलौनी रहेका छन्।

महर नेतृत्वको वर्तमान कार्यसमितिले १२ औं महाधिवेशन गर्न नसकिरहेकाले संगठनले निकास पाउन सक्ने अवस्था नदेखिएको भन्दै पदबाट राजीनामा दिएको उपाध्यक्ष पुष्प कुमार शाहीले बताए।

विधानतः तीन महिना थप गरेर अधिवेशन गराउन खोज्दा पनि सम्भव नभएपछि पार्टीले २ महिना थप गरेको र थप गरेको समयमा पनि महर नेतृत्वको वर्तमान समितिले निर्वाचन गराउन नसकेकाले संगठनलाई अनिर्णयको बन्दी बनाउन नहुने भन्दै राजीनामा दिएको उनले बताए।

- ADVERTISEMENT -

Advertisement

दोस्रो पटक म्याद थप भएपछि पुस २८–३० सम्म काठमाडौंमा महाधिवेशन गर्ने नेविसंघले निर्णय गरेको थियो।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com