जापान,२६ पौष २०७५ । नेपाल आइडल सिजन – २ का विजेता टिमको पहिलो टूर जापानबाट शूरु भयो । अग्रेजी नयाँ वर्षको शूरुवातमा भएको यो टूर नेपाल आइडल सिजन २ का विजेताको पहिलो बन्न पुग्यो ।

जापान भ्रमणमा नेपाल आइडल विजेता रवि ओडसहित ‘टप फाइभ’ भित्र पुग्न सफल प्रतिस्पर्धी जानुभएको छ । वर्ल्ड टुर अन्तर्गत यात्रा सुरु गर्नुभएको टूरमा नेपाल आइडल सञ्चालीका रिमा विश्वकर्मासहित सुमित पाठक, अस्मिता अधिकारी, अमित बराल, विक्रम बराल सहभागि हुनुहुन्थ्यो । जपानमा रबीको प्रस्तुतीमा हजारौँ दर्शकहरुको सहभागिता रह्रयो भने टिमले दमदार प्रस्तुति गर्न सफल भयो ।

केही साता अघि मात्र मातृशोक परेर पिडामा पर्नुभएको रवि ओड ब्यक्तीगत पीडाका बाबजुट पनि दर्शकलाई खुसी दिलाउन भरमग्दूर प्रयासरत हुनुहुन्थ्यो । शोकलाई शक्तिमा बदल्दै संगीत कर्ममा कटिवद्ध लाग्नेमा समर्थकको अपेक्षा छ ।

एक हप्ता भन्दा बढिको बसाईपछि सो टोली जापानबाट नेपाल फर्किसकेको छ । जापान बसाईको क्रममा नागोया , फुकुओका र टोकियोको सहरका बिभिन्न ठाउँमा कार्यक्रम सम्पन्न गरियो ।

त्यस्तै, जापानबाट फर्किएलगत्तै नेपाल आइडल विजेता रवि ओढले जापान टू निकै फलदायी भएको बताउँदै सहयोगी मनहरुलाई धन्यवाद दिनुभएको छ ।

उहाँले भन्नुभएको छ, कार्यक्रम आयोजकलाई हृदयदेखि धन्यवाद ज्ञापन गर्नु चाहन्छु । साथसाथै नेपाल आईडललाई पनि हृदयदेखि सम्झिन चाहन्छु । जापानको बिभिन्न सहरमा भव्यताका साथ कार्यक्रममा सम्मपन्न गराइदिन आफ्नो अमुल्य समय दिई उपस्थित भैदिनु भएका सम्पुर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा धेरै धेरै धन्यवाद । हजुरहरुको यति धेरै माया, साथ र सपोट पाउँदा एकदमै खुसी लाग्यो ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्