२०८३ वैशाख ८, मंगलबार
४:५०:१७ दिउँसो
- ADVERTISEMENT -

बीपी कोइरालामाथि गोली प्रहार हुँदा प्रतिरक्षा गर्ने प्रजातन्त्र सेनानी रहेनन्

प्रकाशित मिति: २०७५ पुस २४, मंगलबार

878
Shares

लमजुङ २४ पौष २०७५ । लमजुङ — प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालामाथि गोली प्रहार हुँदा प्रतिरक्षा गर्ने प्रजातन्त्र सेनानी ७४ वर्षीय तारानाथ कोइरालाको निधन भएको छ ।

बीपीमाथि २०३६ साल असोज ८ गते स्याङ्जामा बहुदल तथा जनमतको प्रचारप्रसारका क्रममा पञ्चायती शासकको तत्कालीन प्रहरीबाट गोली प्रहार भएको थियो । बीपी कोइरालामाथि गोली प्रहार हुँदा प्रतिरक्षा गरी दायाँ खुट्टा गुमाएका तारानाथ कोइरालाको मङ्गलवार बिहान पोखरास्थित मनिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

पेटको समस्याका कारण अस्पताल भर्ना भएका उनको उपचारका क्रममा निधन भएको कांग्रेस लमजुङका निवर्तमान सभापति कृष्णप्रसाद कोइरालाले बताए । लमजुङको सुन्दरबजार नगरपालिका १०, धुसेनी कोइरालाफाँटमा जन्मिएका उनी ०३६ देखि मध्यनेपाल नगरपालिका-४ रम्घामा बस्दै आएका थिए ।

कोइराला २०२७ मा नेविसंघ लमजुङको संस्थापक अध्यक्ष बनेका थिए । २०२८ मा तरुण दल लमजुङको संस्थापक अध्यक्ष बनेका उनी कांग्रेस लमजुङको संस्थापक सभापति हुन् । २०२९ मा जिल्ला पार्टी सभापति बनेका उनी २०३६ सम्म रहे ।

बीपीलाई गोली लागेपछि उपचारमा रहेका उनले सभापति सम्हाल्न नसकेपछि रामचन्द्र अधिकारी सभापति बनेका थिए । गोली लागेर खुट्टा गुमाएका उनी उपचार पछि सक्रिय राजनीतिमा फर्केनन् । उनको मङ्गलवार दिउँसो रिस्ती र शिशाघाटबीच मादी नदी किनारमा छोरा महेश कोइरालाले दागबत्ती दिए । उनका पत्नि, १ छोरा र ४ छोरी छन् ।

उनलाई काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, केन्द्रीय सदस्य दिलबहादुर घर्ती, काङ्ग्रेसबाट निर्वाचित सांसद लगायतले पार्टीको झन्डा ओढाएका थिए । जिल्लाबाट काँग्रेस सभापति भेषबहादुर पौडेल, पूर्व सभापति तथा नेता कार्यकर्ता उनलाई अन्तिम श्रद्धाञ्जली दिन मादी किनार पुगेका थिए । वरिष्ठ नेता पौडेलले कोइरालाको निधनले काँग्रेसमा एउटा इतिहास गुमेको र अपूरणीय क्षति पुगेको बताए ।

राज्यले उचित सम्मान नगरेको गुनासो गर्दै आएका प्रजातन्त्र सेनानी कोइराला पछिल्लो समय पार्टीले समेत नहेरेको भन्दै गुनासो गर्दै आएका थिए । प्रजातन्त्र, बहुदल, लोकतन्त्र हुँदै गणतन्त्र आउँदा पार्टीले पटक-पटक देशको नेतृत्व गरे पनि खुट्टा गुमाउँदा उपचार बाहेक पार्टी र पार्टी नेतृत्वको सरकारले कुनै सहयोग नगरेको उनको गुनासो थियो । गाउँघरमै बसिरहेका उनी प्रजातन्त्र सेनानी सङ्घका केन्द्रीय सदस्य थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.71
149.31
EUR
European Euro
1
175.08
175.78
GBP
UK Pound Sterling
1
201.08
201.89
CHF
Swiss Franc
1
190.39
191.15
AUD
Australian Dollar
1
106.45
106.88
CAD
Canadian Dollar
1
108.65
109.09
SGD
Singapore Dollar
1
117.00
117.47
JPY
Japanese Yen
10
9.36
9.40
CNY
Chinese Yuan
1
21.81
21.90
SAR
Saudi Arabian Riyal
1
39.65
39.81
QAR
Qatari Riyal
1
40.80
40.96
THB
Thai Baht
1
4.63
4.65
AED
UAE Dirham
1
40.49
40.65
MYR
Malaysian Ringgit
1
37.62
37.78
KRW
South Korean Won
100
10.11
10.15
SEK
Swedish Kroner
1
16.25
16.32
DKK
Danish Kroner
1
23.43
23.52
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
485.43
487.38
BHD
Bahrain Dinar
1
394.30
395.89
OMR
Omani Rial
1
386.25
387.81