- ADVERTISEMENT -

दुष्प्रचारको पछि नलागी दृढतासाथ सरकारको बचाउ गर्न कार्यकर्तालाई माधव नेपालको निर्देशन

January 7, 2019
990
Shares
- ADVERTISEMENT -

धनुषा, पुस २३ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले वर्तमान सरकारको लोकप्रियता देखेर प्रतिपक्षी दल तथा विरोधीले दुष्प्रचार गर्न लागेको बताउनु भएको छ ।

नेकपाले आज जनकपुरमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा पूर्वप्रधानमन्त्री समेत रहनुभएका नेता नेपालले यस्ता दुष्प्रचारको पछि नलागी दृढतासाथ सरकारको बचाउ गर्न कार्यकर्तालाई आह्वानसमेत गर्नुभयो ।

- ADVERTISEMENT -

Advertisement

नेता नेपालले वर्तमान सरकारको लोकप्रियता देख्न नसकेर प्रमुख प्रतिपक्षी दल काङ्ग्रेसमा हतास र निरासाको प्रवृत्ति बढेको भन्दै दुष्प्रचारबाट बच्न कार्यकर्तालाई आग्रह गर्नुभयो ।

विरोधीले सरकारको काम नै देख्न नसकेर सरकारले अधिनायकवाद ल्याउन खोजेको आरोप लगाइ रहेको उहाँको भनाई थियो ।

- ADVERTISEMENT -

Advertisement

नेता नेपालले वर्तमान सरकारको लोकप्रियता देख्न नसकेर प्रमुख प्रतिपक्षी दल काङ्ग्रेसमा हतास र निरासाको प्रवृत्ति बढेको भन्दै दुष्प्रचारबाट बच्न कार्यकर्तालाई आग्रह गर्नुभयो ।

नेता नेपालले भन्नुभयो, “वर्तमान सरकारको काममा केही कमीकमजोरी हुनसक्छ तर सरकारको नियतमा बेइमानी छैन ।”नेता नेपालले दुई वर्षभित्र पार्टीको राष्ट्रिय महाधिवेशन गर्ने तयारी रहेको बताउनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -