Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
८:०४:३२ बिहान
- ADVERTISEMENT -

प्रेस युनियनको केन्द्र र प्रदेश अध्यक्षमा आचार्य र अधिकारी सिफारिस

प्रकाशित मिति: २०७५ पुस २१, शनिबार

1192
Shares

चितवन, २१ पौष २०७५ । नेपाल प्रेस युनियन चितवनले केन्द्र र प्रदेश अध्यक्षमा दुई जनाको नाम प्रस्ताव गरेको छ । प्रेस युनियन चितवनका अध्यक्ष अनिल ढकालले चितवनका दुई अग्रज पत्रकारलाई केन्द्र तथा प्रदेशस्तरको अधिवेसनमा अध्यक्षका उम्मेदवारका रुपमा प्रस्ताव गरेको जानकारी दिए ।आसन्न निर्वाचनमा केन्द्रीय अध्यक्षमा दीपक आचार्य र प्रदेश अध्यक्षमा नारायणप्रसाद अधिकारीलाई कार्यसमिति बैठकले प्रस्ताव गरेको उनले बताए । आचार्य हाल केन्द्रीय बरिष्ठ उपाध्यक्ष हुन् भने अधिकारी युनियन चितवनका निर्वतमान अध्यक्ष हुन् ।

आचार्य ०५२ सालदेखि पत्रकारितामा सक्रिय छन् । मध्यमाञ्चल संयोजकको जिम्मेवारी पुरा गरेका आचार्य पोखरा महाधिवेसनबाट बरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका थिए । उनलाई पत्रकार महासंघ चितवन शाखाले यही मंसीरमा मैयाँदेवी पत्रकारिता पुरस्कारबाट सम्मानित गरेको थियो । आचार्य हाल युगवाणी डटकम न्युज पोर्टलमा कार्यरत छन् । उनी चितवनबाट प्रकाशन नयाँ सृष्टिको कार्यकारी सम्पादक, पिपलबोट साप्ताहिकको प्रधान सम्पादकका रुपमा काम गरिसकेका छन् । साप्ताहिक, नेपाल, कामना, समाचारपत्र दैनिक, कामना मासिक, स्पेस टाइम टैनिक, च्यानल नेपाल, हिमालय टाइम्स, नयाँ सडक दैनिक लगायतका पत्रपत्रिकामा आवद्ध थिए । पत्रकार महासंघ चितवनले ०५६ मा उत्कृष्ट पत्रकारिता पुरस्कार, नेपाल प्रेस युनियन चितवनले ०६० सालमा ‘नेपाल प्रेस युनियन पत्रकारिता पुरस्कार, नेपाल प्रेस युनियन कपिलवस्तुले उत्कृष्ट पत्रकारका रुपमा सम्मान गरेको थियो । नेपाल प्रेस युनियनको आगामी नवौं महाधिवेसनको अध्यक्ष पदको लागि प्रमुख दाबेदार मानिन्छन् ।

यस्तै दुई दशक सक्रिय पत्रकारिताको अनुभव संगालेका पत्रकार अधिकारीको नेतृत्वमा पत्रकार सम्बद्ध संस्थाको पहिलो भवनका रुपमा नेपाल प्रेस युनियन चितवनले भवन बनाउन सफल भएको छ । जग्गा तथा दाता खोजी अभियानमा उनले सक्रियता देखाएका थिए । उनले सचिव, उपाध्यक्ष हुँदै प्रेस युनियनको अध्यक्षको जिम्मेवारी लिइसकेका छन् । पत्रकार महासंघ चितवनको उपाध्यक्ष रहेका अधिकारी रासस चितवनका प्रमुख हुन् । उनले कालिका एफएम, हाम्रो एफएम सञ्चालन तथा व्यवस्थापनमा सफल जिम्मेवारी पुरा गरेका थिए । नेपाल प्रेस युनियनको प्रदेश अधिवेशनमा अधिकारी अध्यक्ष पदको लागि प्रमुख दाबेदार मानिन्छन् । यस अघिको प्रेस युनियन चितवनको कार्यसमितिले केन्द्रीय अधिवेसनमा प्रस्ताव गरेका बरिष्ठ उपाध्यक्ष र केन्द्रीय सदस्यका उम्मेदवार विजयी बनेका थिए । केन्द्र र प्रदेश तहको नेतृत्वमा चितवनका अग्रज पत्रकारलाई जिताउन अभियानै चलाइने अध्यक्ष ढकालले बताए ।

शनिबार बसेको कार्यसमिति बैठकले प्रशिक्षण विभागलाई सशक्त बनाउदै पत्रकारिता तालिम छिटै सञ्चालन गर्ने निर्णय समेत गरेको छ । यस्तै माघ ६ गते प्रेस युनियनमा आवद्धलाई लक्षित गरी सानोगढी पर्यटकीय क्षेत्रमा पुर्नमिलन कार्यक्रम गरिने भएको छ । यस्तै समाचार संकलनका क्रममा यही पुस १३ गते समाचार संकलनका क्रममा सवारी दुर्घटनामा निधन भएका एपीवान टेलिभिजनका चितवनका संवाददाता प्रविण पौडेलको शोकसन्तप्त परिवारमा समवेदना व्यक्त गरिएको छ । ट्रकको ठक्करबाट स्कुटरमा सवार पौडेल रत्ननगर–१० निपनीमा दुर्घटनामा परेका थिए । स्वर्गीय पौडेलप्रति हार्दिक श्रद्घाञ्जली अर्पण गदै दिवंगत आत्माको चिरशान्तिको कामना गरिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -