२०८२ चैत २९, आइतबार
८:०६:४९ राति
- ADVERTISEMENT -

लोकगायिका विष्णु माझीको खोजीमा जिल्ला प्रशासनको चासो

प्रकाशित मिति: २०७५ पुस २०, शुक्रबार

1306
Shares

काठमाडौं, २० पौष २०७५ । लामो समययदेखि अघोषित ‘भूमिगत’ जीवन बिताइरहेकी लोकगायिका विष्णु माझीको विषयमा स्याङ्जा प्रशासनले चासो दिएको छ ।

स्याङ्जाका प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले मिडियामा उनको समाचार आएपछि आफूहरुले उनको स्थिति पत्ता लगाउने प्रयास गरिरहेको बताए ।

‘मैले अनलाइनखबरमा आएको समाचार हेरेँ, उनलाई श्रीमानले बन्धक बनाएको भनेर पहिलेदेखि नै हल्ला चल्ने गरेका थिए, तर मूलधारको मिडियामा आएपछि हामीले यसलाई चासो दिएका हौं,’ उनले भने ।

आफू कार्यरत जिल्लाकी नागरिक भएको नाताले विष्णुको स्थिति पत्ता लगाउनु आफ्नो दायित्व भएको प्रजिअ निरौलाले बताए ।

विष्णु माझीको स्वेच्छिक गुप्तवास कि बाध्यता ?
‘कतिपयले यो उनीहरुको निजी मामला भएकाले दख्खल किन दिने भनेर पनि प्रश्न उठाएका छन् नि ? भन्ने अनलाइनखबरको प्रश्नमा निरौलाले भने, ‘हामीले उनीहरुको निजी जिन्दगीमा दख्खल दिन खोजेका होइनौं । तर, अहिलेको जमानामा यसरी कसैले लुकेर काम गर्नुपर्ने अवस्था छैन । के कारणले उहाँ सार्वजनिक हुन सक्नुभएको छैन भन्ने हाम्रो चासोको विषय हो ।’

प्रजिअ निरौलाले विष्णुका माइती र घर पक्षसँग बुझ्ने काम भइरहेको बताए । विष्णु काठमाडौंमा कहाँ बस्छिन् भन्ने अहिलेसम्म पत्ता लाग्न नसकेको निरौलाको भनाइ छ । स्याङ्जा प्रहरीले पनि विष्णुबारे अनुसन्धान थालेको बुझिएको छ ।

छिमेकी भन्छन्– जुम्ल्याहा छोरा छन्, परिवारमा खुशी छ

विष्णुको समाचार प्रकाशित भएपछि उनका श्रीमान सुन्दरमणिको पोखरास्थित गाउँका एक छिमेकी अनलाइनखबरको सम्पर्कमा आएका छन् । उनले विष्णु र सुन्दरमणिका जुम्ल्याहा छोरा भएको जानकारी दिए ।

‘उहाँहरु हरेक वर्ष दशैं मान्न गाउँ आउनुहुन्छ,’ उनले भने, ‘छोराहरुसहित दुबैजना हाँसीखुशी नै देखिनुहुन्छ ।’

०७२ सालमा भूकम्प आएको ताका विष्णुले जुम्ल्याहा सन्तान जन्माएकी थिइन् । सुत्केरी भएपछि विष्णु र उनका श्रीमान एक महिना गाउँमै बसेका थिए ।

सुन्दरमणिका छिमेकीले गाउँ र छरछिमेकमा सुन्दरमणिको राम्रै छवि भएको बताएका छन् ।

‘बाहिर उहाँको बारेमा चलेका हल्लाहरु हामीलाई पनि थाहा छ । तर, हामीले जहाँसम्म चिनेका छौं, उहाँ असल व्यक्ति हुनुहुन्छ । गाउँवासीहरुसँग उहाँको राम्रो सम्वन्ध छ ।’ उनले भने ।

गाउँमा आउँदा सुन्दरमणि छोराहरु लिएर छरछिमेकमा निस्किने भए पनि विष्णु भने घरबाट खासै ननिस्किने उनी बताउँछन् ।

‘खोइ के कारणले हो, विष्णुजी गाउँमा आउँदा पनि घरबाहिर खासै निस्किनु हुन्न । उहाँकै स्वभाव हो कि अरु केही वाध्यता भन्ने चाहिँ रहस्यकै विषय छ,’ उनले भने ।

उनले सञ्चारमाध्यममा प्रश्न उठिसकेपछि विष्णु र सुन्दरमणिले जवाफ दिनुपर्ने बताए । अन्यथा सुन्दरमणिप्रति शंका झन् प्रबल बन्ने उनको भनाइ छ ।

अन्तरजातीय बिहे भए पनि सुन्दरमणिको परिवारमा त्यसले कुनै समस्या ननिम्त्याएको छिमेकीले बताएका छन् । सुन्दरमणिको परिवार जातपातको विषयमा रुढिवादी नभएको समेत उनको भनाइ छ ।

‘उहाँहरुले पोखरा लेकसाइडको एक मन्दिरमा सानो जमघटमा बिहे गर्नुभयो । तर, गाउँमा भने सुन्दरमणिको परिवारले बकाइदा खसी काटेर भोज खुवाएका थिए । बिहेपछि पनि सुन्दरमणिको परिवारले विष्णुलाई अवहेलना गरेको कुनै संकेत पाएका छैनौं,’ उनले भने ।

कास्कीको साविक लेखनाथ नगरपालिकास्थित गाउँमा पुख्र्यौली घर छ । बाबुको मृत्यु भएपछि गाउँमा रहेको काठको घरमा अहिले सुन्दरमणिकी आमा मात्रै बस्छिन् । सुन्दरमणिका दुई जुम्ल्याहा भाइमध्ये एक भाई वैदेशिक रोजगारीमा छन् ।

पारम्परिकरुपमा खेतिकिसानी गर्ने उनीहरु मध्यमवर्गका परिवार हुन् । यद्यपि, संगीतमा लागेर सुन्दरमणि र विष्णुले राम्रै आर्जन गरेको अनुमान गरिएको छ । विष्णुलाई व्यवसायिक गायनमा सुन्दरमणिले नै ल्याएका हुन् ।

विष्णुसँग भेट भएपछि सुन्दरमणिलाई निकै फलीफाप भएको छिमेकी बताउँछन् । त्यसअघिसम्म उनको करिअरले गति लिन सकेको थिएन । संगीतमा लाग्दा उनले आफ्नो पुख्र्यौली खेतसमेत बेच्नुपरेको थियो ।

विष्णु स्टुडियोमा गीत रेकर्ड गराउने बाहेक अन्य सांगीतिक गतिविधिमा देखिन्नन् । स्टुडियोमा गाउन जाँदा सुन्दरमणिले नै लैजान्छन् र लिएर पनि आउँछन् । घरबाट बाहिर निस्किँदा विष्णु पछ्यौराले मुख छोपेर हिँड्ने गर्छिन् । साथै स्टुडियोमा गीत गाउँदा पनि झ्यालका पर्दा लगाउँछिन् ।

करिब १३ वर्षदेखि संगीतमा सक्रिय विष्णु अहिलेसम्म सार्वजनिक कार्यक्रम र मिडियामा देखिएकी छैनन् । उनको वर्षौंदेखि एउटा मात्रै फोटो चल्तीमा छ । विष्णुले मोबाइलसमेत नबोक्ने उनलाई चिन्नेहरु बताउँछन् । काठमाडौंमा उनीहरु विष्णु कहाँ बस्छन् भन्ने पत्ता लाग्न सकेको छैन ।

यद्यपि, उनीहरु सोह्रखुट्टेतिर बढि देखिने गर्छन् । सुन्दरमणिको गीत रेकर्डिङ स्टुडियो सपना म्युजिक इन्डष्ट्रिज भने अनामनगरमा रहेको छ । विष्णु लोक दोहारी गायनमा अहिलेकी नम्बर एक मानिन्छिन् । उनको पछिल्लो गीत ‘सालको पात टपरी हुने एबरै…’ अहिले अत्यधिक हिट छ । online khabar

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.07
148.67
EUR
European Euro
1
173.44
174.14
GBP
UK Pound Sterling
1
199.01
199.82
CHF
Swiss Franc
1
187.61
188.37
AUD
Australian Dollar
1
104.69
105.11
CAD
Canadian Dollar
1
107.03
107.46
SGD
Singapore Dollar
1
116.22
116.69
JPY
Japanese Yen
10
9.30
9.34
CNY
Chinese Yuan
1
21.68
21.77
SAR
Saudi Arabian Riyal
1
39.46
39.62
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.61
4.63
AED
UAE Dirham
1
40.31
40.47
MYR
Malaysian Ringgit
1
37.34
37.50
KRW
South Korean Won
100
9.98
10.02
SEK
Swedish Kroner
1
15.99
16.05
DKK
Danish Kroner
1
23.21
23.30
HKD
Hong Kong Dollar
1
18.90
18.98
KWD
Kuwaity Dinar
1
483.10
485.06
BHD
Bahrain Dinar
1
392.65
394.25
OMR
Omani Rial
1
384.60
386.16