काठमाडौ, १९ पौष २०७५ । टीकापुर घटनाका आरोपी रेशम चौधरीलाई सपथग्रहण गराइएको छ। आज संसदका रुपमा प्रतिनिधि सभाका सभमुख कृष्णवहादुर महराले चौधरीलाई सपथ गराउनुभयो ।
सपथसँग सभामुख महराले चौधरीलाई संसदको लागोसमेत उपलब्ध गराउनुभयो ।
डिल्लीबजार कारागारमा बन्दीका रुपमा रहेका उनलाई सपथका लागि जेलबाट सिंहदरबार लगिएको थियो। यसअघि आज विहान ११ः३०मा सपथ गराउने भनिएकामा संसद अधिवेशनको समय जुधेको भन्दै ३ बजेका लागि सारिएको थियो ।
जेलको कानुनी प्रकृया पुरा नभएको कारण पनि ३ बजेका लागि सारिएको थियो।