काठमाडौं,१९ पौष २०७५ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्ने भएका छन् ।
सरकारको काम–कारबाही प्रभावकारी बनाउनु पर्ने माग उठिरहेका बेला प्रधानमन्त्री ओलीले सम्बोधनको तयारी गरेका हुन् ।
यही पुस ११ बाट सुरु संघीय संसद्को चालू अधिवेशनमा प्रधानमन्त्री ओलीले आज मध्याह्न समसामयिक विषयमा सम्बोधन गर्ने कार्यक्रम तय भएको संसद् सचिवालयले जनाएको छ ।
उनले सरकारबारे उठेका प्रश्नलगायत विषयमा बोल्ने अनुमान गरिएको छ ।