तनहुँ, पुस १८

पूर्वराजा ज्ञानेन्द्र शाहले तनहुँको सडकमै सर्वसाधरणसँग भेट गर्नुभएको छ । तनहुको दमौलीमा केही समय बिताउनु भएका पूर्वराजा शाहलाई भेटन ठुलो भीड लागेको छ ।

ज्ञानेन्द्रको स्वागतमा ठुलै भिड लागेको देखेपछि सामाजिक सञ्जाल फेसबुकमा शेशकान्त पण्डितले यसरी लेख्नुभएको छ, ‘चौतारीमा भेटिन्छन् भनेका राजा दमौलीको सडकमा पो देखिए त । पूर्वराजा ज्ञानेन्द्र शाहले बुधबार केही समय दमौलीमा विताए । नेता जिल्लामा आउदा हेर्न भेट्न खासै चासो लिन छाडेका यहाँका हजारौं नागरिकले सडकमै राजासित भेटघाट गरे । राजाले केही बोलेनन्, हासे मात्र । पत्रकारको कुनै उत्तर पनि दिएनन् । दलका जिल्ला तहका नेता पनि यी राजालाई हेर्न तछाडमछाड नै गरेको देखियो । ३ पुसको जाडो लागेछ क्यारे हाम्रो लोकतन्त्रलाई ।’

केही समयदेखि गण्डकी प्रदेशको राजधानी पोखरामा बसिरहनु भएका शाह आज तनहुँ जानुभएको थियो ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्