२०८३ वैशाख ८, मंगलबार
३:३०:०१ दिउँसो
- ADVERTISEMENT -

बुधबारदेखि बदली भई केही ठाउँमा पानी पर्ने : तीन दिनको मौसमी अवस्था

प्रकाशित मिति: २०७५ पुस १७, मंगलबार

1093
Shares

काठमाडौं, १७ पौष २०७५ । काठमाडौँको तापक्रम शून्यमा पुगेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ०.५ डिग्री मापन भएको छ । आज बिहान ५ देखि पौने ९ बजेको बिचमा न्यूनतम तापक्रम शून्यको आसपासमा पुगेको मौसमविद राजु प्रधानाङ्गले बताए । केही दिनदेखि एक डिग्रीमा रहेको तापक्रम आज अझ घटेर ०.५ डिग्री मापन गरीएको हो।

केही दिनदेखि काठमाडौ उपत्यकाको न्यूनतम तापक्रम १ डिग्रीको आसपासमा रहेको छ। तापक्रम अझै कम हुने सम्भावना रहेको मौसमविद प्रधानाङ्गले बताए। गएको बर्षमा पनि ३ दिन तापक्रम शुन्यसम्म पुगेको थियो ।

यो बर्ष पनि तापक्रम पुस १५ देखि माघ १५ सम्म निरन्तर झर्ने क्रम जारी रहने बिभागले जनाएको छ। पश्चिमी वायुको प्रभावले निरन्तर तापक्रम घटने क्रम जारी रहने छ। यस्तै आज दिनभर मौसम सफा रहनेछ। तर मंगलबार बेलुकादेखि भने मौसममा बदलाव आउने छ ।

बुधबार बदली भई देशका केही ठाउँमा पानी पर्ने र उच्च पहाडी क्षेत्रमा हिउँ पर्ने सम्भावना रहेको विभागले जनाएको छ। बुधबारदेखि पश्चिमी वायुको प्रभावले बदली भई केही ठाउँमा पानी पर्नेसम्भावना रहेको मौसमविदले बताएका छन् ।

देशभरको मौसम आज सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पूर्वी पहाडी क्षेत्रमा आंशिक बलदी हुने सम्भावना रहे पनि देशका अरु ठाउँको मौसम सफा रहने मौसमविद वरुण पौडेलले बताए ।

तराईका क्षेत्रमा बिहानमा हुस्सु तथा कुहिरो लागे पनि दिउँसो मौसम सफा रहने र घाम लाग्ने छ। उच्च पहाडी क्षेत्रका केकी ठाउँमा हिउ पर्ने सम्भावना छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.71
149.31
EUR
European Euro
1
175.08
175.78
GBP
UK Pound Sterling
1
201.08
201.89
CHF
Swiss Franc
1
190.39
191.15
AUD
Australian Dollar
1
106.45
106.88
CAD
Canadian Dollar
1
108.65
109.09
SGD
Singapore Dollar
1
117.00
117.47
JPY
Japanese Yen
10
9.36
9.40
CNY
Chinese Yuan
1
21.81
21.90
SAR
Saudi Arabian Riyal
1
39.65
39.81
QAR
Qatari Riyal
1
40.80
40.96
THB
Thai Baht
1
4.63
4.65
AED
UAE Dirham
1
40.49
40.65
MYR
Malaysian Ringgit
1
37.62
37.78
KRW
South Korean Won
100
10.11
10.15
SEK
Swedish Kroner
1
16.25
16.32
DKK
Danish Kroner
1
23.43
23.52
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
485.43
487.38
BHD
Bahrain Dinar
1
394.30
395.89
OMR
Omani Rial
1
386.25
387.81