जापान, १७ पौष २०७५ । नेपाल आईडल सिजन-२ का कलाकारहरु आफ्नो प्रस्तुतिको लागि जापानको फुकुओकामा आईपुगेका छन ।
आज मंगलवार नेपाल आईडल सिजन-२ का कलाकारहरुलाई जापानको फुकुओकामा भव्य स्वागत गरेको हो ।
बुद्ध रेस्टुरेन्ट र नाङ्ग्लो घर फुकुओकाको आयोजनामा हुन लागेको उक्त कार्यक्रमको लागि नेपाल आईडल सिजन २ का टप ५ कलाकारहरु रबि ओड ,बिक्रम बराल,सुमित पाठक,अस्मिता अधिकारी, अमृत बराल कार्यक्रम होस्ट रिमा विश्वकर्मा र डान्सर तथा मोडेल एलिसा राई जापानको फुकुओकामा आईसकेका छन् ।
नेपाल आईडल टिमलाई फुकुओका नेपाल सोसाईटीका अध्यक्ष नबिन अधिकारी,नेपाल जापान फ्रेन्डसिप लायन्स क्लबका प्रथम उपाध्यक्ष ज्योती केसी र विभिन्न संस्थाका प्रतिनिधिहरुले फुकुओका एअरपोर्टमा स्वागत गर्नुभएको थियो ।
नयाँ वर्ष २०१९ को अवसर मा आयोजना गरिएको उक्त कार्यक्रम जनवरी २ सुक्रबार साँझा ७:३० बजे बाट फुकुओका बीट स्टेसन याकुईन स्टेसन नजिकै हुने यस कार्यक्रममा सबै फुकुओका बासि नेपालीहरु उपस्थित भई भरपुर मनोरंजन लिनको लागि समाजसेबी तथा बुद्ध रेस्टुरेन्ट र नाङ्ग्लो घरका संचालक लक्ष्मण बानियाले सबैमामा अनुरोध गर्नु भएको छ ।