२०८३ वैशाख ७, सोमबार
१२:०६:४६ राति
- ADVERTISEMENT -

२०७६ फागुन मसान्तभित्र महाधिवेशन हुनैपर्छ, नेतृत्वले गर्न नचाहे गम्भीर समस्या आउँछ : कोइराला

प्रकाशित मिति: २०७५ पुस १७, मंगलबार

866
Shares

विराटनगर, पुस १७

नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले पार्टीको १४औं महाधिवेशन समयमै हुनुपर्ने र कुनै पनि बहानामा पर धकेल्न नहुने बताउनु भएको छ ।

नेपाल प्रेस युनियन मोरङले आज आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै नेता कोइरालाले महाधिवेशन समयमा नभए कांग्रेसमा समस्या आउने बताउनु भयो । उहाँले कांग्रेस नेतृत्व तहले २०७६ फागुन मसान्तभित्रमा महाधिवेशन गर्न सक्यो भने पार्टी सुदृढीकरण र बलियो हुने विश्वास व्यक्त गर्नुभयो ।

‘कांग्रेस नेतृत्व तहले २०७६ फागुन मसान्तभित्रमा महाधिवेशन गर्न सक्यो भने पार्टी सुदृढीकरण र बलियो हुने छ, गर्न चाहेन भने गम्भीर समस्या आउँछ,’ कोइरालाले भन्नुभयो । उहाँले काङ्ग्रेस धार्मिक स्वतन्त्रता र सहिष्णुतामा विश्वास गर्ने पार्टी भएको बताउनुभयो ।

कांग्रेस नेतृत्व तहले २०७६ फागुन मसान्तभित्रमा महाधिवेशन गर्न सक्यो भने पार्टी सुदृढीकरण र बलियो हुने छ, गर्न चाहेन भने गम्भीर समस्या आउँछ

“नेपालको राष्ट्रिय जनावर गाईको संरक्षण हुनुपर्छ । लोभमा धर्म परिवर्तन गराउने खेल बन्द गर्नुपर्छ,” उहाँले भन्नुभयो । उहाँले धर्म र राजनीतिक अलग अलग विषय भएपनि पार्टीको महासमिति बैठकमा हिन्दू राष्ट्रको चर्चा भएको स्पष्ट पार्नुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.39
148.99
EUR
European Euro
1
175.06
175.76
GBP
UK Pound Sterling
1
200.75
201.56
CHF
Swiss Franc
1
189.65
190.41
AUD
Australian Dollar
1
106.40
106.83
CAD
Canadian Dollar
1
108.49
108.93
SGD
Singapore Dollar
1
116.62
117.09
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
21.75
21.84
SAR
Saudi Arabian Riyal
1
39.56
39.72
QAR
Qatari Riyal
1
40.70
40.86
THB
Thai Baht
1
4.63
4.65
AED
UAE Dirham
1
40.40
40.56
MYR
Malaysian Ringgit
1
37.54
37.70
KRW
South Korean Won
100
10.03
10.07
SEK
Swedish Kroner
1
16.18
16.25
DKK
Danish Kroner
1
23.42
23.52
HKD
Hong Kong Dollar
1
18.95
19.03
KWD
Kuwaity Dinar
1
484.62
486.58
BHD
Bahrain Dinar
1
393.53
395.12
OMR
Omani Rial
1
385.42
386.98