काठमाडौं, १७ पौष २०७५ । अंग्रजी नयाँ बर्ष सन् २०१९ को अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सन् २०१८ संविधान कार्यान्वय र संक्रमणकाल अन्त्यको वर्ष भएको बताउनुभएको छ ।

जन-निर्मित नयाँ संविधान अनुसार निर्वाचनका माध्यमबाट तीनै तहका सरकार गठन भई वितेको वर्षमा राजनीतिक संक्रमणकालको अन्त्य भएको, संक्रमणकालीन अवस्थालाई चिर्दै ‘समृद्ध नेपाल–सुखी नेपाली’को संकल्प सहित हामी विकास र समृद्धिको महाअभियानमा अभिमूख रहेको बताउनु भयो ।

राजनीतिक संघर्ष र व्यवस्थापनको बहसबाट सिंगै समाज विकास र समृद्धिको बहसतर्फ केन्द्रित रहन सफल भएको छ । सन् २०१९ मा समृद्ध नेपाल र सुखी नेपालीको महाअभियान अझ दृढतापूर्वक उचाईमा पुग्ने विश्वास व्यक्त गर्नुभयो र अर्काे नयाँ वर्षको संघारमा पुग्दासम्म जनताको जीवन सुखी र राष्ट्रको अवस्था समृद्ध बनाउने हाम्रो अभियान सार्थक विन्दुमा पुग्नेछ बिश्वास लिएका छौ, उहाले भन्नुभयो ।

निर्वाचन मार्फत प्रकट जनचाहनालाई शीरमा राख्दै मैले पटक पटक संकल्प गर्दै जनताका अपेक्षालाई कुनै पनि हालतमा विफल हुन नदिने प्रधानमन्त्री ओलीले आफ्नो शुभकामना सन्देशमा भन्नुभएको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्