- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

अंग्रेजी नयाँ वर्षमा अभयाले ठमेल तताउने

December 31, 2018
900
Shares
- ADVERTISEMENT -

काठमाडाैं, १६ पौष २०७५ । राजधानीमा अंग्रेजी नयाँ वर्ष २०१९ को रौनक सुरु भएको छ। पर्यटकदेखि नेपाली युवा पुस्ता न्यु इयर इभ मनाउन तयारी अवस्थामा छन्। खासगरी नयाँ वर्षको पूर्वसन्ध्यामा पर्यटकीय नगरी ठमेलमा विभिन्न कार्यक्रम हुँदै आएका छन्।

यसैक्रममा ठमेलको टर्टल लाउञ्ज एण्ड क्लबमा सोमवार साँझ सांगितिक कार्यक्रम हुने भएको छ। चर्चित रक गायिका एवं भ्वाइस अफ नेपालकी जज अभया सुब्बाको नेतृत्वमा कलाकारले आफ्नो प्रस्तुति दिनेछन्।

- ADVERTISEMENT -

Advertisement

टर्टल लाउञ्ज एण्ड क्लबका सञ्चालक अमित ठकुरीका अनुसार न्यु इयर इभका अवसरमा अभया र उनको ब्यान्डले आज साँझ सांगितिक प्रस्तुति दिँदैछन्। ‘पुसको चिसोमा अभयाको टिमले माहोल तताउने पक्का छ’, सञ्चालक ठकुरी विश्वस्त सुनिए।

विदेशी पर्यटकदेखि नेपालीसम्म, क्लबदेखि पबसम्म, होटलदेखि रेष्टुरेन्टसम्म सबै आज न्यु इयर इभ मनाउँदै राति १२ बजे नयाँ वर्षलाई स्वागत गर्ने तयारीमा छन्।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com