काठमाडौं, पौष १६

नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली कांग्रेसमा सभापति बलियो हुँदा पार्टी निकै कमजोर भएकोले बिधानमा मनोनितको ब्यवस्था हटाउनु परेको बताउनु भएको छ ।

मेरो बुझाइमा सभापति बलियो हुँदा कांग्रेस कमजोर भयो, कांग्रेस नै यति सारो कमजोर हुने गरी सभापति बलियो हुनुहुन्न,’ आफनो बाँयातर्फ रहनुभएका सभापति शेरबहादुर देउवातिर हेर्दै पौडेलले भन्नुभयो । उहाँले नयाँ बिधान सभापति कमजोर भएपनि कांग्रेसलाई बलियो बनाउन भएको जिकिर गर्नुभयो ।

आइतवार साँझ पत्रिकाका सम्पादक, बुद्धिजिवीसँग परामर्श गर्न आयोजित सम्वादमा आफ्नो धारणा राख्दै पौडेलले महासमिति बैठकबाट पारित भएको बिधानले धेरै कुरा हल गरेको तर कांग्रेसका लागि चुनौती पनि रहेको बताउनु भयो ।

‘मेरो बुझाइमा सभापति बलियो हुँदा कांग्रेस कमजोर भयो, कांग्रेस नै यति सारो कमजोर हुने गरी सभापति बलियो हुनुहुन्न,’ आफनो बाँयातर्फ रहनुभएका सभापति शेरबहादुर देउवातिर हेर्दै पौडेलले भन्नुभयो । उहाँले नयाँ बिधान सभापति कमजोर भएपनि कांग्रेसलाई बलियो बनाउन भएको जिकिर गर्नुभयो ।

‘सभापति कमजोर होस, तर कांग्रेस बलियो होस, बलियो कांग्रेसको सभापति मात्रै सवैको हितमा हुन्छ,’ पौडेलको भनाई थियो ।

उहाँले कांग्रेसको बिधानमा गरिएको नयाँ ब्यवस्था निकै चुनौतीपुर्ण रहेको पनि बताउनु भयो । बिधानमा निर्वाचित हुने ब्यवस्था कांग्रेसकै लागि चुनौती हो, हामी परीक्षणमै छौं,’ पौडेलले भन्नुभयो ।

पौडेलले कांग्रेसले आफैलाई लोकतान्त्रिकरण गरेर मुलुकको लोकतान्त्रिककरण गर्न चाहेको ब्याख्या पनि गर्नुभयो ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्