२०८२ चैत २९, आइतबार
८:१८:३६ राति
- ADVERTISEMENT -

पूँजी, प्रविधि र दक्ष जनशक्तिको अभावमा जुत्ता उद्योग

प्रकाशित मिति: २०७५ पुस १५, आइतबार

1144
Shares

काठमाडौं, १५ पौष २०७५ । नेपाली छाला जुत्ता उद्योगको १५ बर्षको अवधिमा मुलुक आत्मनिर्भर भएपनि कच्चा पद्धार्थ र दक्षजनशक्तिको अभाव भने कायमै छ । अभावका बीचपनि अहिले उद्योगहरुले मागको ६५ प्रतिशत उत्पादन स्वदेशभित्रै गरिरहेका छन् ।

एक दशक अघिसम्म नेपाली जुत्ता चप्पल भन्नेबित्तिकै आम मानिसमा नाक खुम्च्याउने प्रवृत्ति थियो । अहिले यो अवस्थामा परिवर्तन आएको छ । स्वदेशमै निर्मित जुत्तामा नेपालीहरुको आकर्षण पनि बढ्दो छ । विदेशी ब्रान्ड खोज्ने नेपालीको रोजाइमा अहिले स्वदेशी जुत्ता–चप्पल पर्न थालेका छन् । स्वदेशमै सुलभ मूल्यमा गुणस्तरीय जुत्ता उत्पादन हुन थालेपछि उपभोक्ताको आकर्षण हृवात्तै बढेको हो ।

जुत्ता चप्पलको माग र आपूर्ति
–स्वदेशभित्र जुत्ता चप्पलको मागः ८ करोड जोडी
–गतबर्ष गरिएको आयातः २५ लाख जोडी
–नेपालबाट निर्यातः सवा करोड
–स्वदेशभित्रको उत्पादन: ५ करोड बढि
–स्वदेशभित्रको आपूर्ति : मागको ६५ प्रतिशत

यसबर्ष पनि नेपाल छाला जुत्ता उत्पादक संघले आयोजना गरेको १५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनीले सर्वसाधारणको मात्रै होइन् सरकारका मन्त्रीको पनि ध्यान खिचेको छ । नेपाली उत्पादन हेर्न भृकुटीमण्डप पुग्नुभएका रक्षामन्त्री इश्वर पोखरेलले सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्छन् ।

जुत्ता चप्पल उद्योगको चुनौती
–दक्ष जनशक्तिको अभाव
–न्यून बिजकीकरण
–पूँजी र प्रविधीको अभाव
–कच्चा पद्धार्थको अभाव

पूँजी, प्रविधि र दक्ष जनशक्तिको अभावमा व्यावसाय विस्तार हुन नसकेको गुनासो उद्योगीको छ । ३० अर्ब रुपैयाँ लगानी रहेको जुत्ता चप्पल उद्योगले गत वर्ष एक अर्ब २८ करोड रुपैयाँका जुत्ता–चप्पल निर्यात गरेको बताउँछन् नेपाल छाला जुत्ता उत्पादक संघका अध्यक्ष कुष्णकुमार फुयाँल । उनका अनुसार सरकारले स्वदेशी उत्पादनलाई प्राथमिकतामा राख्नुपर्ने उद्योगीको माग छ । उनिहरुले विदेशबाट आयात हुने महंगा जुत्ता चप्पललाई सरकारले कमी गर्न सक्नुपर्नेमा उद्योगीको भनाई छ ।

विगतमा ९० प्रतिशत कच्चा पदार्थ आयात हुँर्दै आएकोमा अहिले ७० प्रतिशतमा झरेको नेपाल छाला जुत्ता उत्पादक संघका निवर्तमान अध्यक्ष रविन श्रेष्ठ बताउँछन् । सरकारले जुत्ता उत्पादन गर्ने कच्चा पदार्थको भन्सार घटाउनुका साथै अनुदान उपलब्ध गराएमा स्वदेशमै कच्चा पदार्थ उत्पादन थाल्ने उद्योगीको योजना छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.07
148.67
EUR
European Euro
1
173.44
174.14
GBP
UK Pound Sterling
1
199.01
199.82
CHF
Swiss Franc
1
187.61
188.37
AUD
Australian Dollar
1
104.69
105.11
CAD
Canadian Dollar
1
107.03
107.46
SGD
Singapore Dollar
1
116.22
116.69
JPY
Japanese Yen
10
9.30
9.34
CNY
Chinese Yuan
1
21.68
21.77
SAR
Saudi Arabian Riyal
1
39.46
39.62
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.61
4.63
AED
UAE Dirham
1
40.31
40.47
MYR
Malaysian Ringgit
1
37.34
37.50
KRW
South Korean Won
100
9.98
10.02
SEK
Swedish Kroner
1
15.99
16.05
DKK
Danish Kroner
1
23.21
23.30
HKD
Hong Kong Dollar
1
18.90
18.98
KWD
Kuwaity Dinar
1
483.10
485.06
BHD
Bahrain Dinar
1
392.65
394.25
OMR
Omani Rial
1
384.60
386.16