२०८३ वैशाख ८, मंगलबार
४:२७:३३ दिउँसो
- ADVERTISEMENT -

सरकारले न्याय दिन सकेन, शान्तिसुरक्षा खल्बलियो : सभापति देउवा

प्रकाशित मिति: २०७५ पुस १२, बिहीबार

988
Shares

काठमाडौं,१२ पौष २०७५ । प्रमुख प्रतिपक्ष दल नेपाली काङग्रेका सभापति शेरबहादुर देउवाले मुलुकमा शान्तिसुरक्षा र न्याय दिलाउने सवालमा सरकार असफल भएको बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा उनले शान्तिसुरक्षा जताततै खल्बलिएकोे अवस्थाले मुलुकमा सरकार नरहेको अनुभूत भइरहेको आरोप लगाए । सभापति देउवाले भने, “शान्तिसुरक्षाको स्थिति के छ, सबैलाई थाहा छ, देशभर हत्या र बलत्कारको घटना भएका छन्, दोषीलाई लुकाउन खोजिएको छ, होइन भन्ने हत्यारा किन पत्ता लगाउन सकिएको छैन, कुनै व्यक्ति विशेषलाई जबर्जस्ती फसाउने काम भएको छ ।”

सङ्घीयता कार्यान्वयनसम्बन्धी कानून निर्माणमा सरकारले चासो नदिएकाले सङ्घीयतासम्बन्धी कुनै कानून बन्न नसकेको बताउँदै उनले भने, “सरकारले दलित, मधेशी, आदिवासी जनजातिलाई विश्वासमा लिन सकेको छैन, मधेशको मुद्दालाई सम्बोधन गर्ने पाटोमा सरकार उदासीन छ ।”

डा.गोविन्द केसी लगायतसँग सम्झौता गर्ने कार्यान्वयन नगर्ने कुराले सरकार संविधान पालना गर्दैनन् भन्ने स्पष्ट भइसकेको जनाउँदै सभापति देउवाले भने, “सङ्क्रमणकालीन न्यायलाई निष्कर्षमा पु¥याउन सरकारको तत्परता छैन ।”

विवादित संस्थाले आयोजना गरेको कार्यक्रमलाई सरकारले सघाएको आरोप लगाउँदै उनले भने, “सरकार र राज्यको कुनै धर्म हुन्छ ? त्यो घटनाले सरकार कता जाँदैछ भन्ने स्पष्ट भएको छ, आफ्नो सरकारको पालामा ल्याइएको सामाजिक सुरक्षाको कार्यक्रमलाई मैले ल्याएको भन्न मिल्छ ?”

नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराईले जनताको नजरमा सरकारको छवि राम्रो नभएको तथा उनीहरूले लोकतन्त्रको अनुभूति गर्न नपाएका भन्दै शिक्षा र स्वास्थ्यका क्षेत्रमा सुधारका काम गर्न नसकिएका र जनता आधारभूत सेवाबाट वञ्चित भएका बताए ।

पूर्वप्रधानमन्त्री भट्टराईले अधिवेशनमा नै आवश्यक सबै कानून बनाउनुपर्ने, देशमा सुशासन कायम गर्ने, अपारदर्शी आर्थिक गतिविधि अन्त्य गर्नुपर्ने, नेपाल वायु सेवा निगमका निम्ति ‘वाइड बडी’ विमान खरीदलगायत विकास–निर्माणका आयोजनामा पनि सुशासन कायम हुन नसकेको औँल्याए ।

राष्ट्रिय जनता पार्टी अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले आफ्ना पार्टीका निर्वाचित सांसदलाई यतिका समयसम्म निर्वाचित भएको शपथ नगराएर भेद्भाव गरेको गुनासो गरे । उनले भने, “हाम्रो सहनशीलतालाई कम्जोरी नठान्नुस्, दुई तिहाइको सरकारले जनताको काम गरोस् ।”

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.71
149.31
EUR
European Euro
1
175.08
175.78
GBP
UK Pound Sterling
1
201.08
201.89
CHF
Swiss Franc
1
190.39
191.15
AUD
Australian Dollar
1
106.45
106.88
CAD
Canadian Dollar
1
108.65
109.09
SGD
Singapore Dollar
1
117.00
117.47
JPY
Japanese Yen
10
9.36
9.40
CNY
Chinese Yuan
1
21.81
21.90
SAR
Saudi Arabian Riyal
1
39.65
39.81
QAR
Qatari Riyal
1
40.80
40.96
THB
Thai Baht
1
4.63
4.65
AED
UAE Dirham
1
40.49
40.65
MYR
Malaysian Ringgit
1
37.62
37.78
KRW
South Korean Won
100
10.11
10.15
SEK
Swedish Kroner
1
16.25
16.32
DKK
Danish Kroner
1
23.43
23.52
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
485.43
487.38
BHD
Bahrain Dinar
1
394.30
395.89
OMR
Omani Rial
1
386.25
387.81