गोरखा, ठाटीपोखरी, ११ पौष २०७५ । पालुङटार नगरपालिका नगर सभा हलमा अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ ।

प्रमुख जिल्ला अधिकारी गजेन्द्र बहादुर श्रेष्ठको प्रमुख आथित्यतामा, पालुङटार नगरपालिकाका नगर प्रमुख ई. दीपक बाबु कंडेलको अध्यक्षतामा गोरखा जिल्ला पालुङटार नगरपालिका नगर सभा हल ठाटीपोखरीमा अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा पालुङटार नगरपालिकाकी नगर उप-प्रमुख पम्फा बसेल, प्र.उ. भोला रावल, पालुङटार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिरेन्द्र देब भारती , उप-सचिव महिन्द्र पराजुली, स.प्र.ना.उ. लिलाराम पुन, मालपोत अधिकृत देवेन्द्र बहादुर थापा, नापी अधिकृत माधवराज ढकाल, पालुङटार नगरपालिका सबै वडा अध्यक्षहरु, इलाका प्रहरी कार्यालय ठाटीपोखरीका प्रहरी निरिक्षक रोशन राज पाण्डे , बिधुत प्राधिकरणका पालुङटार नगरपालिकाका प्रमुखहरु, पालुङटार नगरपालिकापा कार्यपालिका सदस्यहरु, पालुङटार नगरपालिकाका इन्जीनियर निरज देवकोटा, बिराज अर्याल, न्यायिक समितिका सदस्यहरु, बिभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, पत्रकारहरुका बिचमा पालुङटार नगरपालिकामा भएका बिभिन्न समस्याहरु र त्यसका समाधानका उपायहरु प्रति केन्द्रित भएर अन्तरक्रिया तथा छलफल कार्यक्रम भएको थियो l

कार्यक्रममा स्वागत मन्त्यब्य नगर उप प्रमुख पम्फा बसेलले दिनुभयो भने कार्यक्रम प्रमुख प्रशासकीय अधिकृत बिरेन्द्र देब भारतीले कार्यक्रम संचालन गर्नु भएको थियो l

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्