काठमाडौं, ११ पौष २०७५ । दोस्रो नेपाल आइडलको उपाधि जितेका रवि ओडले जितको खुसियाली मनाउँदै गर्दा उनको परिवारमा विपत्ति आएको छ।

रविकी आमा विष्नादेवी ओडको मृत्यु भएको छ। बुधबार बिहान पानी तान्ने पम्पबाट करेन्ट लागेपछि अस्पताल लैजाँदै गर्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

अन्दाजी ४५ वर्षकी उनले अत्तरिया अस्पतालबाट सेती अञ्चल अस्पताल लैजाँदै गर्दा प्राण छोडेकी हुन्।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्