Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
९:५४:५७ बिहान
- ADVERTISEMENT -

पुननिर्माणले लियो गति : तीन लाख ३७ हजार ३१९ घरको पुनर्निर्माण सकियो

प्रकाशित मिति: २०७५ पुस १०, मंगलबार

1059
Shares

काठमाडौं, पुस १०

भूकम्पले भत्किएका तीन लाख ३७ हजार ३१९ घर पुनर्निर्माण सम्पन्न भएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका अनुसार अनुदान सम्झौता गरेकामध्ये ४५ प्रतिशत घर बनेका छन ।

निर्माणाधीन घर सङ्ख्या दुई लाख ३३ हजार ३४३ पुगेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ । प्राधिकरण स्थापना भएको तीन वर्ष पुगेको अवसरमा आज आयोजित पत्रकार सम्मेलनमा प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले अनुदान सम्झौता गरेकामध्ये ३२ प्रतिशत घर निर्माणाधीन अवस्थामा रहेको जानकारी दिनुभयो ।

“निर्माण सम्पन्न र निर्माणाधीन घर सङ्ख्या पाँच लाख ७० हजार ६६२ अर्थात् ७७ प्रतिशत पुगेको छ, प्रतिकूल परिस्थितिका बाबजुद भएको यो उपलब्धिलाई सकारात्मकरुपमा लिनुपर्छ,” उहाँले भन्नुभयो । भूकम्पपछिको सर्वेक्षण र गुनासो व्यवस्थापनबाट आठ लाख ८४ हजार ८०० लाभग्राही अनुदानका लागि छनोट भएका छन् ।

जसमा पुनर्निर्माण लाभग्राही सङ्ख्या आठ लाख २२ हजार ९०९ र प्रबलीकरण लाभग्राही सङ्ख्या ६१ हजार ८९१ छ । कूल लाभग्राही सङ्ख्याको ९० प्रतिशतले अनुदान सम्झौता गरेका छन् ।

अनुदान सम्झौता गर्ने लाभग्राहीको सङ्ख्या सात लाख ४२ हजार १६५ पुगेको छ । अनुदान सम्झौता गरेकामध्ये ९९ प्रतिशतले पहिलो किस्ता बुझेका छन् । पहिलो किस्ता लिने भूकम्पपीडितको सङ्ख्या सात लाख ३३ हजार ९०५ छ । दोस्रो किस्ता लिने लाभग्राही पाँच लाख २३ हजार ३७३ अर्थात् ७१ प्रतिशत पुगेको प्राधिकरणले जनाएको छ ।

निजी आवास निर्माण सम्पन्न गरेका ४५ प्रतिशत पीडितले तेस्रो किस्ता पाइसकेका छन् । लाभग्राही सूचीमा नपरेपछि चार लाख ३६ हजार ९११ ले गुनासो दर्ता गरेका थिए । जसमध्ये एक लाख २९ हजार ४१० घरको पुनः सर्वेक्षण गरिएको थियो । सूचना प्रणालीबाट चार लाख ३४ हजार ९१३ गुनासो पुनरावलोकन गरिएको छ । पुनरावलोकनबाट एक लाख ३१ हजार ७३२ लाभग्राही थपिएका छन् । गुनासो व्यवस्थापनबाट ८८ हजार १०५ पुनर्निर्माण र ४३ हजार ६२७ प्रबलीकरण लाभग्राही सूचीकृत भएका छन् । प्राधिकरणको टोल फ्रीबाट सेवा लिनेको सङ्ख्या २५ हजार नाघेको जनाइएको छ ।

प्राधिकरणको गुनासो व्यवस्थापनमा चित्त नबुझेकाले पुनरावेदन समितिमा उजुरी गर्न सक्ने कानूनी व्यवस्था छ । जसअनुसार हालसम्म समितिमा तीन हजार २१२ निवेदन दर्ता भएका छन् । जाँचबुझ गरी दर्ता भएका निवेदन एक हजार १८५ छन् । जसमध्ये ५८२ उजुरीको प्रमाण बुझ्न आदेश भएको प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले सम्मेलनमा जानकारी दिनुभयो । त्यसमध्ये ८५ मुद्दामा प्रत्यार्थी झिकाउने आदेश भएको छ ।

भूकम्पपीडित सबैको सुरक्षित आवासको सुनिश्चितता गर्ने नीति प्राधिकरणले लिएको छ । भूकम्पपीडित कोही नछुटून् र कोही नदोहोरिऊन् भन्ने सोच अघि सारिएको उहाँले सुनाउनुभयो । पारदर्शिताको सुनिश्चितताका लागि बैंक खातामार्फत अनुदान रकम भुक्तानीको व्यवस्था गरिएको छ ।

लाभग्राही सूचीमा सूचीकृत भएकालाई प्राधिकरणले प्राविधिक निरीक्षणका आधारमा तीन किस्तामा रु तीन लाख भुक्तानी गर्ने कार्यविधिमा उल्लेख छ । पहिलो किस्तामा रु ५० हजार, दोस्रो किस्तामा रु एक लाख ५० हजार र तेस्रो किस्तामा रु एक लाख दिइन्छ । पहिलो किस्ताले जग निर्माण सकेपछि दोस्रो किस्ताका लागि सिफारिश गरिन्छ । दोस्रो किस्ताले घर उठाएपछि छाना छाउन तेस्रो किस्ता दिइन्छ ।

भूकम्प प्रभावित ३२ जिल्लामा पुनर्निर्माणलाई सहज बनाउन जिल्ला समन्वय समिति गठनको प्रक्रिया अघि बढेको छ । हालसम्म १२ जिल्लामा समिति गठन भइसकेको पत्रकार सम्मेलनमा जानकारी दिइयो । समितिमा सङ्घीय संसद्का सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहका जनप्रतिनिधि सदस्य रहने व्यवस्था छ ।

समितिको नेतृत्व सङ्घीय संसद्का सदस्यले नेपाली वर्णानुक्रमानुसार गर्नुहुनेछ । स्थानीय तहस्तरमा पनि समिति गठन प्रक्रिया शुरु भएको प्राधिकरणले जनाएको छ । विद्यालय पुनर्निर्माण ८० प्रतिशत सम्पन्न भएको छ । ९५ प्रतिशत सरकारी भवन पुनर्निर्माण सम्पन्न भएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -