काठमाडौ,८ पौष २०७५ । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको केन्द्रिय भवन निर्माणको सहयोगार्थ जापानमा सुमधुर सांगीतिक साँझ हुने भएको छ ।
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान जापान शाखाले यहि अंग्रेजी नयाँ वर्षको अवसरमा केन्द्रिय भवन निर्माणको सहयोगार्थ सुमधुर सांगीतिक साँझ गर्न लागेको हो ।
सुमधुर सांगीतिक साँझमा चर्चित गायक , संगीतकार तथा चलचित्र निर्देशक नारायण रायमाझीको साथमा चर्चित गायिका शान्तिश्री परिवारको बोजोड प्रस्तुती रहनेछ भने जपानमा रहेका अन्य लोकप्रिय कलाकारहरुको पनि विभिन्न आर्कषण प्रस्तुती रहनेछ ।
कार्यक्रम डिसेम्बर ३० तारिकमा साँझ ६ बजे फुकुओका एपोलस्टोर नजिकै टेम्पोहलमा हुनेछ भो यसैगरि अर्को कार्यक्रम ३१ तरिक चौतारी रेष्टुरेन्टमा नागोयामा हुनेछ ।
सोही कार्यक्रममा सहभागि हुनको लागि राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जापान शाखा र प्रवासी कलाकार संघ जापानले आह्वान गरेको छ ।
कार्यक्रकको सहआयोजक प्रवासी कलाकार संघ जापान रहेको छ ।