- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

जनसम्पर्क समिति अमेरिकाका अध्यक्ष आन्नद विष्ट स्वत पद मुक्त हुने

December 23, 2018
897
Shares
- ADVERTISEMENT -

अमेरिका, ८ पौष २०७५ । राजधानीमा जारी नेपाली काँग्रेसको महासमितिमा प्रस्तुत विधान मस्यौदा अनुसार जनसम्पर्क समिति अमेरिकाका अध्यक्ष आन्नद विष्ट पद मुक्त हुने भएका छन । संसोधित विधानमा भातृ संस्था र शुभेच्छुक सस्थाको कुनै पनि पदमा रहेको व्यक्ति पार्टीको कुनै पनि निकायमा निर्वाचित वा मनोनित भएमा तल्लो तहको पद बाट स्वत मुक्त हुने भनिएको छ ।

आन्नद विष्ट नेपाली काँग्रेसको मनोनित आमन्त्रित केन्द्रीय सदस्य हुन । यस्तै विधानमा जनसम्पर्क समितिको अधिवेशन नियमित रूपमा नगरेमा त्यस्तो समिति पनि स्वत विघटन हुने छ भनिएको छ । जनसम्पर्क समिति अमेरिकाको वर्तमान कार्यसमितिको कार्यकाल १३ महिना अगाडि नै सकिएको हो । यी दुबै कारण विष्ट पदमुक्त हुने देखिन्छ ।

- ADVERTISEMENT -

Advertisement

विधानको परिच्छेद ७ को धारा ४२ मा भनिएको छ “ पार्टीको कुनै पनि तहको पदाधिकारी वा सदस्य भातृ संघको पदाधिकारी वा सदस्य हुने छैन । सबै भातृ संघ एवं शुभेच्छुक संस्थाको कार्य समितिको पदाधिकारी वा सदस्य पार्टीको कुनै पनि तहको कार्यसमितिमा निर्वाचित वा मनोनित भएमा निजको भातृ संघ वा शुभेच्छुक संस्थाको वहाल रहेको पद स्वत रहनेछैन ।”

यस्तै अर्को उपदफामा भातृ संघले आफ्नो विधान अनुसार केन्द्रीय अधिवेशन गर्नु पर्ने छ । विधानमा उल्लेखित अवधिमा केन्द्रीय अधिवेशन हुन नसकेमा केन्द्रीय समिति स्वत विघटन हुनेछ र पार्टीको केन्द्रीय कार्य समितिले तत्काल अधिवेशन गर्न आवश्यक व्यवस्था गर्ने छ ।

- ADVERTISEMENT -

Advertisement

यसै बीच जनसम्पर्क समितिका पूर्व संयोजक बिष्णु सुवेदीको अध्यक्षतामा गठित जनसम्पर्क अन्तरराष्ट्रीय समिति विश्व सन्जाललाई विधानले मान्यता दिएन । शुरूमा विधानमा फरक मतको रूपमा विश्व सन्जाल गठन सम्वन्धित प्रस्ताव लगिएको थियो । तर अन्तिम मस्यौदामा सो एजेण्डा समेटिएको छैन । यस्तै विधानमा जनसम्पर्क समितिको सदस्य हुन विदेशमा बसेका नेपालीले नेपाली नागरिकता र नेपाली राहदानीको प्रतिलिपि पेश गर्नु पर्ने प्रावधानलाई पनि यथावत राखेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com