२०८३ वैशाख ८, मंगलबार
४:२१:३७ दिउँसो
- ADVERTISEMENT -

यमरी धान्य पूर्णिमा अर्थात् नेवार समुदायले मनाउने

प्रकाशित मिति: २०७५ पुस ७, शनिबार

2640
Shares

भादगाउँ, पुस ७ गते ।

त्य छिं त्य, बक छिं त्य
थाबले यागु सामा वलः, यमरी छगः ति यः
व्यूसा ल्यासे म्ह, मव्यूसा सितिकुती
न्यग व्यूसा काय् वुई, छग व्यूसा म्याय् वुई
तालापाता कुलिचां जुसें त्यः
यमरी माकु, उकि दुने चाकु
व्यूसा ल्यासेचा, मव्यूसा बुरीचा

अर्थात् चार माना, दुई माना अट्ने भाँडामा देऊ, यो सालको बाली भित्रियो यमरी एउटा देऊ, योमरी दिए तरुनी नदिए चाउरी बुढी, दुईटा दिए छोरा जन्मिन्छ एउटा दिए छोरी जन्मिन्छ, जथाभावी मानापाथी भरिभरि राख, यमरी मीठो त्यसभित्र चाकु, दिए तरुनी नदिए बुढी ।

धान्य पूर्णिमा अर्थात् नेवार समुदायले मनाउने यमरी पुन्हिको अवसरमा साँझ नेवार समुदायको घर आँगनमा गुञ्जिने उल्लेखित लोकभाका आजका नयाँ पुस्तालाई गाउन त आउँछ, तर उनीहरु सो भाका गाउँदै यमरी माग्न भने जान छाडेका छन् । युवा वर्ग आधुनिक संस्कृतिमा रम्न थालेसँगै लोक संस्कृतिबाट विमुख हुँदै जाँदा यमरी माग्न छाडेपछि यो प्रचलन लोप हुँदै गएको छ ।

नेवार समुदायमा यमरी पुन्हीको साँझ घरघरमा गई योमरी माग्ने प्रचलन छ । तिहारमा खेलिने देउसी भैलो जस्तै नेवार समुदायका केटाकेटी तथा युवायुवती टोल छिमेकका घरघरमा गएर यमरी भाका गाउँदै यमरी माग्ने गर्दछन् ।

“यमरी पुन्हीको साँझ साथीभाई मिलेर यमरी माग्न जाँदा निक्कै रमाइलो हुन्थ्यो”, मध्यपुर थिमि–१ लोकन्थलीका ४५ वर्षीय चन्द्रकुमार प्रजापतिले भन्नुभयो, “अचेल छोराहरुलाई यमरी माग्न जाउभन्दा लाज लाग्छ भन्दै जानै मान्दैनन् ।” यमरी माग्न जाँदाको अनुभव सुनाउँदै उहाँले भन्नुभयोे, “कसैकसैले यमरी माग्न आउनेलाई भनेर छुट्टै यमरी बनाएर राखेको हुन्थ्यो । यमरीभित्र चाकु राख्नुपर्नेमा मकैको खोया, पिठोको डल्लो, कसैले त ढुङ्गासमेत राखेको हुन्थ्यो ।”

“यमरी माग्न जान रमाइलो हुन्थ्यो”, सञ्चारकर्मीसमेत रहेका अर्का स्थानीयवासी जगत प्रजापतिले भन्नुभयो, “कसैले जति कराए पनि दिँदै नदिने । कसैले समूहका सदस्य हेरेर सबैलाई एक÷एक वटा भाग पुग्ने गरी दिँदा भने ज्यादै खुशी हुन्थ्यौँ ।” देउसी भैलो खेल्दा पैसा पाउने भएकाले नयाँ पुस्ता तिहारमा देउसी भैलो खेल्न अग्रसर भए पनि यमरी माग्न लजाउने गरेको उहाँले बताउनुभयो ।

यमरी माग्ने प्रचलन धान्य पूर्णिमाको एक महत्वपूर्ण सांस्कृतिक पाटो भएको इतिहास एवं संस्कृतिविद् प्राडा पुर्षोत्तमलोचन श्रेष्ठले बताउहुन्छ । उहाँका अनुसार यो प्रचलन लिच्छवीकालीन समयदेखि चलेको हो । “अंशुवर्माको पालादेखि नै यो चलन चलेको वंशावलीमा उल्लेख छ”, उहाँले भन्नुभयो ।

यमरी नयाँ धानको चामलको पिठोबाट बनाइन्छ । चामलको पिठो मुछेर रोटीको माथिल्लो भाग गजुरजस्तै चुच्चो बनाई तल्लो भागको गर्भमा रहेको खाली भागमा विशेषगरी चाकु राख्ने गर्दछ । आजभोलि खुवा, मासु, गुँदपाक, मास, मुँगीलगायत सामग्री राख्ने प्रचलन पनि रहेको छ ।

पानीको वाफबाट पकाइने यो पकवान निक्कै स्वादिलो हुन्छ । त्यसैले यो सबैलाई मन पर्दछ । सबैलाई मन पर्ने रोटी भएकाले नै यसको नाम यमरीअर्थात् मनपर्ने रोटी रहन गएको प्रा डा श्रेष्ठले बताउनुभयो ।

नेवार समुदायमा यमरी पुन्हीलाई अन्नपूर्णा देवीको पूजाका रुपमा समेत लिइन्छ । यस दिन नेवार समुदायले यमरीको कुवेर, गणेश, लक्ष्मी, ज्यापु ज्यापुनी, ख्याः, महादेव, पार्वतीलगायतको मूर्ति बनाएर अन्नको भण्डार र भकारीमा चढाउँदा अन्नले भरिपूर्ण हुन्छ भन्ने विश्वास रहेको छ । यमरीलाई कुवेर र गणेशको प्रतीकका रुपमा लिइन्छ । पूर्णिमाका दिन अन्नका भकारी र भण्डारमा चढाएको यमरी चार दिनपछि मात्र प्रसादका रुपमा बाँडेर खाने प्रचलन छ ।

यमरी पूर्णिमाको बारेमा धार्मिक कथनअनुसार तत्कालीन पांचाल देशमा सुचन्द्र नाम गरेका दानी र धर्मात्मा महाजन बस्दथे । उनका दम्पती भगवान् विष्णुका परम भक्त थिए । उनीहरुको दयालु स्वभावको जाँच गर्न एकदिन धनपती कुवेर गरीब ब्राह्मणको भेषमा भिक्षा माग्न सूचन्द्रका घरमा पुगे । सुचन्द्रका श्रीमतीले ब्राह्मणरुपी कुवेरलाई श्रद्धापूर्वक आफूले तयार पारी राखेको यमरी खुवाए ।

उनको सत्कारदेखि प्रसन्न भई कुवेरले आफ्नो असली रुप देखाई योमरीको गुण र धानको भकारीमा श्री गणेश, कुवेर, लक्ष्मीको पूजा गरी यमरी चढाउने विधि बताएर गए । सोहीअनुरुप सुचन्द्र दम्पतीले यमरी धानको भकारीमा चढाएर चार दिनपछि प्रसादका रुपमा बाँडेर खाएकाले उनीहरुको धनसम्पती अझ वृद्धि भएको खबर जताततै फैलिएपछि त्यही समयदेखि नेवार समुदायमा योमरी पूर्णिमाको संस्कृति विकास भएको जनश्रुति रहेको पाइन्छ

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.71
149.31
EUR
European Euro
1
175.08
175.78
GBP
UK Pound Sterling
1
201.08
201.89
CHF
Swiss Franc
1
190.39
191.15
AUD
Australian Dollar
1
106.45
106.88
CAD
Canadian Dollar
1
108.65
109.09
SGD
Singapore Dollar
1
117.00
117.47
JPY
Japanese Yen
10
9.36
9.40
CNY
Chinese Yuan
1
21.81
21.90
SAR
Saudi Arabian Riyal
1
39.65
39.81
QAR
Qatari Riyal
1
40.80
40.96
THB
Thai Baht
1
4.63
4.65
AED
UAE Dirham
1
40.49
40.65
MYR
Malaysian Ringgit
1
37.62
37.78
KRW
South Korean Won
100
10.11
10.15
SEK
Swedish Kroner
1
16.25
16.32
DKK
Danish Kroner
1
23.43
23.52
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
485.43
487.38
BHD
Bahrain Dinar
1
394.30
395.89
OMR
Omani Rial
1
386.25
387.81