काठमाडौं, ७ पौष २०७५ । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले सल्यानबाट दाङको तुलसीपुरतर्फ आउँदै गरेको बस आज दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।
विपक्षी दलका नेता देउवाले आज शोक वक्तव्य जारी गर्दै मृतकप्रति श्रद्धाञ्जलि अर्पण गर्नुका साथै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गरेका छन् । साथै उनले घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्








































